पन्ध्र लाखको च्याउ बिक्री
कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।
नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताए ।
च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन गरेका छन् उहाँले भन्नुभयो, “उत्पादित च्याउ सहजै स्थानीय बेलौरी बजारमा खपत हुने गरेको छ ।” बजारमा च्याउ रु २५० देखि रु ३०० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । “बजारमा च्याउको माग बढ्दो छ । किसानले मागअनुरुप च्याउ उत्पादन गर्न सकेका छैनन् । बजार भए पनि मागअनुसारको च्याउ उत्पादनका लागि किसानलार्ई अझै प्रविधिमा सहयोग गर्ने योजना बनाइरहेका छौँ”, कृषि प्राविधिक हरिश सेटीले भने ।
“उत्पादित च्याउ पछिसम्म बजारमा उचित मूल्यमा बिक्री गर्न र ‘सोलार ड्रायर’ प्रयोग गरी चिप्स बनाउने उद्योग स्थापना गर्न नगरपालिकासँंग उक्त शाखाले प्रस्ताव गरेको र यसबाट किसानको च्याउले मूल्य बढी पाउनाका साथै स्थानीय युवालाई रोजगारी पनि दिन सकिन्छ” शाखा प्रमुख मल्लले भने । गत वर्ष १० किसानले मात्रै कृषि शाखाबाट रु दुई लाख अनुदान लिएर नमूना घर निर्माण गरी च्याउ उत्पादन गरेका थिए । ती नमूना घरबाट किसानले चार मेट्रिक टन च्याउ उत्पादन भएको थियो ।
च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लाग्नुभएकी मीना चौधरीले च्याउको बीउ राखेको एक महीनाको अवधिमै च्याउ बिक्रीबाट रु एक लाखभन्दा बढी आम्दानी भएको बताए । च्याउखेतीबाट आम्दानी बढ्दै गएकाले यसलाई थप प्रवर्धन गर्न कृषि प्राविधिकसँग सल्लाह लिन थालेको अर्का कृषक जयराम चौधरीले बताए ।
“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउखेतीबाट मनग्य आम्दानी हुनाका साथै उपभोक्ताले बढी रुचाएकाले यसलाई व्यावसायिकरुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ” उनले भने । छोटो अवधिमै बढी प्रतिफल दिने भएकाले च्याउखेतीतर्फ किसानको आकर्षण बढेको पाइएको हो ।
वसन्ते लहरे तरकारीको बीउ वितरण
कञ्चनपुरको बेलौरी नगरपालिकाको कृषि विकास शाखाले किसानलाई व्यावसायिक खेतीतर्फ डो¥याउन ५० प्रतिशत अनुदानमा वसन्ते वर्णशङ्कर (हाइब्रिड) जातको लहरे तरकारीको बीउ वितरण गरेको छ ।
नगरपालिकाको १० वटै वडाका २०५ किसानलाई करेला, लौका, तनेबोडी, तरभुजा, फर्सीलगायत बीउ वितरण गरिएको हो । बीउका लागि नगरपालिकाले रु एक लाख ९५ हजार र किसानले सोहीअनुसारको रकम खर्चेका छन् ।
वितरण गरिएका बीउ बगरमा १० हेक्टर र अन्य ३० हेक्टर गरी जम्मा ४० हेक्टर जमीनमा रोपिएको कृषि विकास शाखाका नायब प्राविधि सहायक हरिश सेटीले बताए । यसैगरी किसानलाई शाखाले वसन्ते तरकारी मिनीकिटसमेत वितरण गरेको छ । दुईसय अठार कृषक समूहका दुई हजार किसानलाई निःशुल्क मिनी किट वितरण गरिएको थियो ।
Comments
अरु समाचार
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...












