कालीगण्डकी ‘ए’विरुद्ध आन्दोलन
स्याङ्जा ।
नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् ।
सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरुले राखेका छन् । स्थानीय बासिन्दाले प्राधिकरणबाट पाएको सुविधा कटौती भएको आरोप लगाएका छन् ।
आयोजना निर्माण हुँदा आफूहरुको जग्गा जमीन सबै सकिएको र आयोजनाको निर्माणपश्चात सो ठाउँको विकास हुने सोचे पनि खानेपानी र उपभोग गरेको बाटोसमेत बन्द भएपछि बाध्य भएर आन्दोलनमा उत्रिन परेको स्थानीय बासिन्दा अनिस न्यौपानेले बताए । विद्यालय र गाउँलेलाई खानेपानीको समस्या हुँदा समेत आयोजनाले चासो नदेखाएको उहाँले गुनासो गरे ।
आयोजनाका प्रमुख राजेश पाण्डेले स्थानीयवासीको आन्दोलनले पावरहाउस जाने बाटो बन्द भएको र सवारीसाधन आवतजावत हुननसकेको जानकारी दिँदै हालसम्म स्थानीय बासिन्दाले आफूहरुसँग कुनै पनि माग औपचारिक रूपमा नराखेको बताए । आफूले प्रशासन र आयोजना रहेको गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएको प्रमुख पाण्डेले बताए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले आयोजना प्रमुख र स्थानीय बासिन्दासँग बसेर समस्याको समाधान गरिने बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












