राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी बेखुश
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ ।
समग्रमा, सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ । रिपब्लीकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकी ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् ।
“रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,” कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताए । “साथै, छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न । ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन्,” उनले बताए ।
उटाह राज्यको अग्डेनका ६५ वर्षीय ट्रक चालक रिचार्ड क्लिभल्यान्ड भने असहमति जनाउँछन् । उनी राष्ट्रपति ट्रम्पका नीति र विदेश नीतिको खुलेर समर्थन गछैन् । “मेरो विचारमा राष्ट्रपतिले उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि राम्रो काम गरिरहनु भएको छ । उहाँले विगतमा कसैले गरेकोभन्दा राम्रो गर्नुभएको छ,” उनले भने । उनलाई सिंगापुरमा गतवर्ष राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच वार्ता भएको राम्रैसँग थाहा छ ।
उनले उत्तर कोरियाले आणविक हातहतियार विसर्जन गर्नेतर्फ ठोस कार्य गर्नसके ठूलो उपलब्धि मान्न सकिने पनि बताए ।
विदेशी भूमिमा जारी युद्धमा अमेरिकी सेनाको उपस्थिति र सहभागिताका बारेमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । करिब ३९ प्रतिशत अमेरिकीहरुले सिरियामा तैनाथ करिब २ हजार अमेरिकी सेना फिर्ता गर्नु ठीक रहेको बताएका छन् भने करिब ३५ प्रतिशतले यो कदम सही नभएको बताएका छन् । राष्ट्रपतिको कदमलाई ५६ प्रतिशत रिपब्लीकनले समर्थन गरेका छन् भने २६ प्रतिशत डेमोक्र्याटले मात्र राष्ट्रपतिको उक्त कदम ठीक भएको बताएका छन् ।
“मेरो विचारमा इराक, अफगानिस्तान र सिरियाबा अमेरिकी सेना घर फर्किने अहिले उपयुक्त समय हो,” क्लिभल्यान्डले बताए । “म भियतनाममा हुँदा पनि मैले मेरा थुप्रै असल साथीहरु गुमाएको थिएँ । मेरो विचारमा त्यो पनि मूर्खतापूर्ण युद्ध थियो ।”
गत महिना राष्ट्रपति ट्रम्पले सिरियामा रहेका इस्लामिक स्टेट समूहका लडाकूहरु परास्त भएको घोषणा गरेका थिए । उनले त्यहाँ तैनाथ सबै सेना तत्कालै फिर्ता गर्ने बताएका थिए । राष्ट्रपतिको उक्त घोषणाप्रति विमती जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा गर्नुभएको थियो भने अमेरिकी गठबन्धनमा आबद्ध मुलुक र समूहहरुले चर्को आलोचना गरेका थिए । पछि, ट्रम्प र उनका सहयोगीले सेना फिर्तीको समयावधि परिवर्तन गरेका थिए । सिरियाबाट सबै अमेरिकी सेनालाई सुरक्षित रुपमा फिर्ता गर्न महिनौं लाग्ने बताइएको थियो ।
अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका विषयमा पनि मतान्तर देखिएको छ । करिब ४१ प्रतिशत अमेरिकीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता उपयुक्त रहेको बताएका छन् भने करिब ३० प्रतिशतले अस्वीकार गरेका छन् ।
“हाम्रो सैनिक विश्वकै प्रहरीजस्तो हुनु ठीक होइन,” टेनेसीको ब्रिस्टोल निवासी ४४ वर्षीय रोबर्ट ग्रान्गरले बताए । “हामीले अमेरिकी सेना सबै मुलुकबाट फिर्ता गर्नुपर्दछ ।”
करिब ४१ प्रतिशत डेमोक्र्याटहरु विश्वभर अमेरिकी भूमिका बढाउनुपर्ने पक्षमा देखिएका छन् भने २३ प्रतिशतले अमेरिकी भूमिका सामान्य सक्रिय मात्र हुनुपर्ने बताएका छन् । अरु करिब ३२ प्रतिशत डेमोक्र्याटले मुलुकको हालको भूमिका ठीकै रहेको बताएका छन् ।
रिपब्लीकन पार्टीसँग आबद्धहरुको विश्व दृष्टिकोण फरक छ । दशमध्ये चार जना रिपब्लीकनको भनाइमा विश्वका समस्या समाधानमा अमेरिकी भूमिका थोरै हुनुपर्दछ, जबकी ४६ प्रतिशतले विश्व मामिलामा हालको अमेरिकी भूमिका ठीक रहेको बताएका छन् । करिब १३ प्रतिशत रिपब्लीकनले विश्वमा अमेरिकी भूमिका अझ सक्रिय हुनुपर्ने जनाएका छन् ।
रिपब्लीकनहरुको सोचाइमा विश्वमा अमेरिकी उपस्थिति र अरु मुलुकसँगको सम्बन्ध अर्को वर्ष अझ सुधार हुनेछ । तर, डेमोक्र्याटको विचारमा अमेरिकाको साख अझ कमजोर हुनेछ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












