दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै
खोटाङ ।
विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ ।
नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका उनको बिचल्ली भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो ।
ढुङगानाका लागि युट्युव सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु चार लाख, हङकङमा रहनुभएका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु ६१ हजार ७०० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनिरु ५० हजार परिवारलाई प्रदान गरेको आफन्त झमप्रसाद आचार्यले बताए ।
एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजीलाई करेन्ट लागेर अपाङ्ग भएपछि आश्रित बुबाआमा र बालबच्चाको बिचल्ली भएको थियो । हरिकाजीका हातगोडा फालिएपछि उनका कामाइमा आश्रित सबै परिवार सहाराविहीन बनेका समाचार सार्वजनिक भएको थियो ।
अहिले उनीहरुको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन् । हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरु अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुंगानाले बताउनुभएको छ ।
उनको उपचारको क्रममा अहिलेसम्म रु ३७ लाखभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले रु २६ लाख उपलब्ध गराएको थियो । करेन्ट लागेर बेहोस बन्नुभएका हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो ।
काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार गराइएको उहाँकोे सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए । दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे तीन वर्ष पुगेको छ भने पहिलो छोरी ११ वर्षकी छिन् । बुबाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारीमात्र छ ।
उहाँलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखाको ११२००२१९७३१० नं।को बचत खाता उपलब्ध गराइएको छ ।
दुवै मिर्गौला रोगी झलकमानको उपचार गर्न आर्थिक सहयोगको याचना
दुवै मिर्गौला काम नलाग्ने भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकमान तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गर्नुभएको छ ।
जीवन मरणको दोसाँधमा पुग्नुभएका ३३ वर्षीय उनले अस्पतालको श्ययाबाटै सो याचना गरेका हुन् । डायलायसिसमा बसेका बिरामीले विशेष औषधि (इपिओ), अस्पताल आवतजावत, अन्य औषधिमा धेरै खर्च लाग्ने आर्थिक अवस्था नाजुकु भएकाले ‘झलकमान बचाउ अभियान’ मार्फत सहयोगका लागि आग्रह गरिएको हो ।
लामो समयदेखि बिरामी पर्नुभएका उनको मिर्गौला डायलासिस गराउँदा दुई पटकमा रु छ हजार खर्च हुने गरेको छ । कमाइ गर्ने मान्छे झलकमान आफ्नै ओछ्यान लागेपछि श्रीमतीसहित छोराछोरीको विचल्ली भएको आफन्तले बताएका छन् ।
आफ्नै कमाइमा परिवार पाल्नुपर्ने झलकमानको श्रीमतीको टाउकामा नशासम्बन्धी समस्या भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने उहाँकी बहिनी प्रतिमा तामाङले बताए ।
विशेषज्ञका अनुसार भलकमानलाई डायलासिस गराउन मासिक रू ३५ हजारसम्म खर्च लाग्ने छ भने नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा रु पाँच लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गरेमा सोभन्दा बढी खर्च लाग्न सक्छ ।
डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु¥याइ झलकमानको जीवन जोगाउन सबैको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । उनलाई सहयोग गर्न चाहनेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर वा प्रभु बैंकमा खोलिएको बैंक खाता नं ०४२०१००११८९८६१०००००१ मा जम्मा गर्न सक्नेछन् ।
झलकमानको उपचारका लागि अहिले देशविदेशमा रहेका आफन्तसँग सहयोग रकम सङ्कलन गर्न थालिएकामा मलेसियाबाट रु ५२ हजार ४४३ र मलेसियामा रहनुभएका खार्मी साब्रुका रञ्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ भन्दा बढी दाताबाट रु ५२ हजारसङ्कलन भएको प्राप्त भएको बिरामीका आफन्त सुवास तामाङले बताए । कतारमा पनि सहयोग रकम सङ्कलन हुन थालेको आफन्तले बताएका छन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












