अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने
काठमाडौंँ । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ ।
विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।
खनालले भने, “यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट युएन मिसनमा सहभागी भएका सशस्त्र प्रहरी कर्मचारीले मिसनमा सहभागी भएबापत पाउने व्यक्तिगत भत्ता कट्टी गरिने छैन ।”
यसअघि सशस्त्र प्रहरी परिवार महिलासङ्घलाई अमेरिकी डलर ३५, पूर्वसशस्त्र प्रहरी सङ्घलाई अमेरिकी डलर ३५ र खेलकूद शाखालाई ८० डलर गरी १५० डलर भत्ताबाट कटौती गरी उपलब्ध गराउँदै आएकोमा अब भने उक्त रकम कट्टी नगरी सम्बन्धित कर्मचारीले नै पाउने व्यवस्था गरिएको खनालले बताए ।
उनका अनुसार सशस्त्र प्रहरीले यसै वर्षबाट नेपाल एपिएफ अस्पतालमा उपचार हुन नसकेका दीर्घरोग लागेका बहालवाला कर्मचारी, पूर्वकर्मचारी र बहालवालाका सन्ततिका लागि कम्तीमा रु ५० हजारदेखि बढीमा रु एक लाखसम्म निःशुल्क उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ ।
गोताखोर प्रशिक्षण लिई विपद व्यवस्थापन कार्यमा साहसिक ढङ्गले विशिष्ट योगदान गर्ने सशस्त्र प्रहरी कर्मचारीका दुई सन्ततिलाई निःशुल्क अध्ययन गराउने व्यवस्थासमेत मिलाइएको छ ।
यसै वर्षबाट ७० वर्ष नाघेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक जनही रु १२ हजार भत्ता दिने तथा बहालवाला पूर्वसशस्त्र प्रहरी कर्मचारी र उनका सन्ततिको शुभविवाहका लागि ब्याण्डबाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक खनाले जानकारी दिए ।
सङ्गठनमा कर्यरत कर्मचारी, पूर्वकर्मचारी, दुर्गम क्षेत्रका सर्वसाधारणसहितलाई लक्षित गरी यस वर्ष विभिन्न कल्याणकारी योजना ल्याइएको महानिरीक्षक खनालले बताए ।
उनका अनुसार वीरगति प्राप्त प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नता र उत्कृष्टताका आधारमा १२ कक्षामा दुई जना र दुर्गम स्थानमा बस्ने सर्वसाधारणका दुई बालबालिकालाई नेपाल एपिएफ स्कूलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।
भूकम्पले प्रभावित पूर्व सशस्त्र प्रहरीका कर्मचारीलाई राहतस्वरुप रु २४ करोड ४९ लाख ६५ हजार वितरण गरिएको तथा राहत पाउन छुट भएकालाई कल्याणकारी कोषबाट रु एक करोड ६६ लाख ७० हजार वितरण गरिएको समेत खनालले जानकारी दिए।
रु २२ करोड बढी राजश्व सङ्कलन
सशस्त्र प्रहरीले पछिल्लो नौ महीनामा विभिन्न मालसामान बरामद गरी रु २२ करोड ७१ लाख राजश्व सङ्कलन गरेको छ । उक्त अवधिमा नौ थान भरुवा बन्दुक, नौ थान पेस्तोल, ४६ राउण्ड गोली, १०० ग्राम बारुद, पेस्तोलमा लाग्ने म्यागेजिन छ थान बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
यसैगरी सो अवधिमा गाँजा चरेश ४२९ केजी, ब्राउनसुगर १६ ग्राम बरामद गरी नेपाल प्रहरीलाई बुझाएको, विपद् तथा जोखिम क्षेत्रमा फसेका चार हजार ८५ जनालाई उद्धार गरेको छ भने सोहि अवधिमा ७४७ मृतकको उद्धार तथा व्यवस्थापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलबार मात्रै दुई थान पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ गरिएको जनाइएको छ ।
यस्तै सशस्त्र प्रहरीका १३६ लाई विपद् व्यवस्थापन तालीम दिई दक्ष जनशक्ति उत्पादन गरेको तथा विभिन्न आठ देशमा गएर १५२ ले विदेशी तालीम प्राप्त गरेको पनि सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












