सरकार गल्ती सच्याएर अघि बढोस्: काङ्ग्रेस
काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताए ।
काङ्ग्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पु¥याएको भन्दै यसअघि सङ्घीय संसद् अवरुद्ध गर्दै आएको थियो । सरकार र सदनका केही कामकारवाहीको विरोधमा यही माघ २१ गते राष्ट्रव्यापी विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी गराउँदै उनले भने, “राष्ट्रव्यापी विरोध प्रदर्शनको सम्बन्धमा सबै जिल्लामा आवश्यक तयारी प्रारम्भ भइसकेको छ ।”
संसद्मा माघ ११ गते भएको घटना, डा. गोविन्द केसीको अनशनप्रति सरकारको संवेदनहीन व्यवहार, कोइरालद्वयका नामका अस्पताललाई नामेट गर्न गरेको दुष्प्रयास, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गरेको घटनालाई विरोधका मुख्य मुद्दा बनाइने उनले जानकारी दिए ।
प्रवक्ता शर्माले भने, “देशव्यापीरूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सम्बन्धित पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको छ महीना पुगी सक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दामा प्रदर्शन केन्द्रित हुनेछ ।”
वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस्
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिकसमेत गरिसकेको जानकारी गराउँदै प्रवक्ता शर्माले वाइडबडी जहाज खरीदमा भएको अर्बौँको घोटालाका बारे गम्भीर ढङ्गले छानबिन गर्न पार्टीले संसद्मा र सार्वजनिकरूपमा पनि आवाज उठाउँदै आएको स्पष्ट पारे । विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने उनको भनाइ थियो ।
त्यस्तै बूढी गण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि के रहस्य लुकेको छ भनी प्रश्न गर्दै उनले आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा ढिलासुस्तीको विषय विरोध प्रदर्शनमा उठाइने जानकारी दिए ।
प्रवक्ता शर्माले ३३ किलो सुन काण्डमा ‘ठूला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्तिअनुरूप ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भनी प्रश्न गरे । उनले प्रदेश नं ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरीद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारवाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने जानकारी दिए ।
काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउँदै तिनलाई उद्धार गरी सकुशल स्वदेश फर्काउन तत्कालै पहल गर्न र त्यसमा संलग्न दोषीलाई कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












