निजि विद्यालयलाई मन्त्री बास्कोटाको कडा चेतावनी भने ‘शैक्षिक व्यापार बन्द गर्नुपर्छ’
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्र्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १३औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “अंग्रेजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणलाई समेट्ने गरी सेवामूलक ढङ्गले लाग्नुपर्छ, शैक्षिक व्यापार बन्द गर्न जरुरी छ ।”
मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै ज्ञानभूमिको मन्दिरमा निजीकरणका नाममा व्यापार गर्न नमिल्ने बताए ।
“नेपालमा नर्सरीमा भर्ना गर्दा रु पाँच लाखसम्म लिएको उदाहरण पाइयो, यसलाई शैक्षिक व्यापार नभनेर के भन्ने ?” उनको प्रश्न थियो । शैक्षिक व्यापार बन्द भयो भने मात्रै निजी क्षेत्रसँग मिलेर मुलुकको अशिक्षा समाप्त पार्न सकिने मन्त्री बाँस्कोटाको भनाइ छ ।
उनले भर्ना अभियानका क्रममा तीन लाख बालबालिकालाई विद्यालय पठाउन सफल भएकामा खुशी व्यक्त गर्दै ग्रामीण भेगमा जाने निजी विद्यालयले स्थानीयस्तरमा आर्थिक विश्लेषण गरी अभिभावकको बहन क्षमता हेरेर मात्रै जान आग्रह गरे ।
मन्त्री बाँस्कोटाले सरकारले निजी विद्यालयमा ताला नलगाउने बताए । “शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले आजै निजी विद्यालय बन्द गर्न लाग्यो भन्ने भ्रममा नपर्नुहोला”, उनले थपे, “निजी विद्यालयमा धेरै बेथिति छन् यसलाई सच्याएर अघि बढ्नुपर्छ ।” अभिभावक गरीब छन् भनेर निजी विद्यालयले सित्तैमा पढाउन नसक्ने उहाँको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन योजनाबद्ध ढङ्गले लागेको बताउँदै भने, “निजी विद्यालयबाट बोर्ड फष्ट भएका विद्यार्थी आइएससीमा फेल पनि भएका छन्, त्यसैले घोकन्ते हैन, व्यावहारिक शिक्षा आजको आवश्यकता हो ।”
मन्त्री बाँस्कोटाले आजै पनौती नगरपालिकास्थित निर्माणाधीन क्षेत्रीय रङ्गशालामा आयोजना गरिएको पनौती कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै धेरै विषयमा विभाजन भएपनि खेलले सबै नेपालीलाई एकै स्थानमा जोडेको बताए । उनले भने, “खेलले फाटेको मन जोड्छ, राष्ट्रिय पहिचान बनाउन ठूलो भूमिका खेल्छ ।”
कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर दोङ, प्रदेश सांसद चन्द्र लामा र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले फुटबल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












