मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन् । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आउनुभएका डा भट्टराईले यस्तो बताएका हुन् ।
विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उनले तर्क गरे । “मध्यपहाडी लोकमार्गमा पर्ने सबै जग्गाधनीले मुआब्जा पाउनुपर्छ”, दिक्तेलस्थित रत्नपार्कमा आज आयोजना गरिएको जनतासँगको भेटघाट कार्यक्रमममा उनले भने, “जल, जमीन र जङ्गल स्थानीय जनताको अधीनमा रहने संविधानमै व्यवस्था छ । जनताको अधीनमा रहेको जग्गामा निर्माण गरिने सडकले मिच्ने जग्गाको मुआब्जा दिलाउन म आफैँ पहल गर्नेछु ।”
पहाडमै संवृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियान रहेको बताए ।
मध्यपहाडी लोकमार्गमा सबै जातजातिको बसोबास रहेकाले उनीहरूको आर्थिक विकासका लागि शहरीकरण, उद्योग तथा कलकारखाना स्थापना लगायतका कामलाई सरकारले तीव्र गतिमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
विसं २०६५ मा आफ्नै सरकारको पालामा विनियोजित बजेटबाट काम थालिएको एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग केही ठाउँमा ढिलो भएको पाइएकाले ठेकेदारलाई भेटेर तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको उनले बताए ।
आगामी फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने उनको भनाइ छ । अभियान लिएर हिँडेको सातौँ दिनमा दिक्तेल आइपुगेका डा भट्टराईले अहिलेको सरकारले जनताले चाहेअनुसारको विकास गर्न नसकेको आरोप लगाए ।
“देशमा पहिलेको जस्तो विकास भएको छैन, जनताले छलाङ हान्ने खालको विकास चाहेका छन्”, उनले भने, “यो पार्टी, त्यो पार्टी भन्दा पनि अहिले जनताले विकास चाहेका छन्, विकासका लागि जनता सबल भएर सरकारलाई खबरदारी गर्नुपर्छ ।”
देशमा विकास निर्माणलाई तीव्रता दिन र भ्रष्टचारलाई न्यूनीकरण गर्न स्थानीय तह बलियो हुनुपर्नेमा उनले जोड दिए । “निर्वाचित जनप्रतिनिधि कुनै एउटा पार्टीको होइन, सबै तहका जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ”, उनले भने, “स्थानीय तह जनतासँग प्रत्यक्ष सहकार्यमा रहने भएकाले यसलाई थप अधिकार दिएर कार्य क्षेत्र फराकिलो पार्नुपर्छ ।”
गएराति दिक्तेलस्थित शुभम् फाउण्डेशनमा बास बसेका डा भट्टराई नेतृत्वको अभियान टोली आज नै हलेसी हुँदै घुर्मीतर्फ प्रस्थान गरेको छ । भोजपुर हु्ँदै आइतबार साँझ खोटाङ आउनुभएका डा भट्टराईले हिजो नै मध्यपहाडी लोकमार्गमा पर्ने सेखुवा, पेलुङ, वानाचुङ र सन्सारीडाँडाका स्थानीयसँग संवाद गरेका थिए।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












