डुबान क्षेत्रका प्रभावितलाई थप एक अर्ब आठ करोड मुआब्जा वितरण
गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप रु एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ ।
राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । “धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैङ्क खातामा रकम पठाइएका छौँ”, आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले भने, “कागजात पुगेका सबैको खातामा रकम पठाएका हौँ ।”
आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको उनले बताए । आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैङ्क खातामा समेत रकम पठाइसकेको उनले जानकारी दिए । आयोजनाले यो पटक ५२५ डुबान प्रभावितको बैङ्क खातामा मुआब्जा रकम पठाएको आयोजना प्रमुख कार्कीले बताए ।
एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न आयोजनालाई रु १८ अर्ब रकम प्राप्त भएको र सो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न पुग्ने अनुमान रहेको बताए । त्यस्तै डुबान प्रभावित क्षेत्रमा घरगोठ, फलफूल र बोट बिरुवाको तथ्याङ्क सङ्कलनको कामसमेत अघि बढाइएको उनको भनाइ छ ।
एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रमा फलफूल बोटबिरुवा घरगोठको लगत सङ्कलनमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालीम प्रदान गरिसकिएको बताए । “मुआब्जा निर्धारण भएका सबै क्षेत्रमा जमीनको मुआब्जा वितरणको काम सकिनै लागेको छ, आयोजना प्रमुख कार्कीले भने, “अब हामीले यसै वर्षदेखि नै घरगोठ, फलफूल र बोटबिरुवाको पनि मुआब्जा वितरण गर्न लगत सङ्कलनको काम शुरु गर्न लागेका छौँ ।”
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












