सवारीको प्रदूषण परीक्षणमा आकर्षित भएनन् सेवाग्राही
भरतपुर । चितवनमा सवारी साधनको प्रदूषण परीक्षणको व्यवस्था गरिए पनि सेवाग्राही यसप्रति आकर्षित भएका छैनन् ।
यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरु गरेको एक महीनाको अवधिमा जम्मा ३० वटा सवारी साधनको मात्र प्रदूषण परीक्षण भएको छ ।
गत पुस २३ गतेदेखि कार्यालयले पेट्रोलबाट चल्ने सरकारी तथा निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न थालेको थियो । “सेवा थप भएपछि हामीलाई भ्याइनभ्याइ हुन्छ भन्ने लागेको थियो, कार्यालयका प्रमुख देवीप्रसाद आचार्यले भने, “दिनमा एक/दुई जना मात्रै सवारी साधनको प्रदूषण परीक्षणका लागि आउने गरेका छन् ।” जिल्ला प्रशासन कार्यालयमा नियमित हुने कार्यालय प्रमुखको बैठकमा समेत सबै कार्यालयको सवारी साधनको अनिवार्य प्रदूषण परीक्षण गराउन भनिए पनि कार्यान्वयन नभएको उनले बताए ।
“हामीले सोचेकोभन्दा निकै कम मात्रामा प्रदूषण परीक्षणका लागि आउने गरेका छन्”, उनले भने, “ट्राफिकले कारवाही शुरु नगरेसम्म कार्यान्वयन हुन गाह्रो छ ।” प्रदूषण परीक्षण गराएका सवारी साधनमा हरियो स्टिकर टाँस गरिएको छ । प्राविधिक र कर्मचारी अभावका कारण डिजेलबाट चल्ने गाडी प्रदूषण परीक्षण शुरु गर्न नसकिएको उनले बताए ।
चौबिस करोड राजस्व सङ्कलन
उक्त कार्यालयले चालू आर्थिक वर्षको छ महीनामा रु २४ करोड ४७ लाख पाँच हजार ५६० राजस्व सङ्कलन गरेको छ । कार्यालयले सवारी कर, आयकर, रुट परमिट र विविध शीर्षकमा उक्त रकम सङ्कलन गरेको हो ।
सवारी करमा रु १९ करोड ७८ लाख ३० हजार ६३५, आय करमा रु एक करोड १४ लाख ४२ हजार १५५, रुटपरमिटमा रु दुई करोड ७९ लाख ७४ हजार ३१५ र विविधतर्फ रु ७४ लाख ५८ हजार ४५५ सङ्कलन गरिएको कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।
गत वर्षको राजस्व सङ्कलनका आधारमा यस वर्षको सो अवधिमा रु ५० करोड सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २४ करोड मात्रै सङ्कलन गरिएको हो । कार्यालयका सेवा सुविधा प्रादेशीकरण भएका कारण राजस्व सङ्कलनमा कमी आएको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












