रक्षामन्त्री पोखरेल प्रचण्डतर्फ इसारा गर्दै भन्छन्, सन्की र उन्मादमा चल्न चाहनेलाई नेतृत्वमा पुग्नै दिनुहुन्न !
काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रचण्डलाई भेनेजुएला प्रकरणबारे कडा जवाफ फर्काएका छन् ।
भेनेजुएला प्रकरणबारे अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच चलेको जुहारीलाई मत्थर पार्न उनीहरु वालुवाटारमा भेला भएपनि रक्षामन्त्री पोखरेलले भने प्रचण्डलाई सवक सिकाउने तरिकाले फेसबुक वालमा लामो स्टाटस लेख्दै कडा जवाफ फर्काएका छन् ।
पार्टी एकताबारे गम्भीर छलफल नभएर हतारमा एकता निर्णय भएको भन्दै नेतृत्वबारे नै बहस हुनुपर्ने भन्दै प्रचण्डमाथि घुमाउरो पारालर जवाफ फर्काएका हुन् । प्रचण्डले काठमाडाैंमा आतोजित एक पुस्तक विमोचन समारोहमा बोल्दै माओवादी आन्दोलन र यसका विरुद्ध षडयन्त्र भए अर्को माओवादी जन्मने भन्दै कडा अभिव्यक्ति दिएपछि पोखरेलको यस्तो जवाफ आएको हो ।
तर, ओली प्रचण्ड भने विवाद बढाए भन्दा यसलाई मत्थर पार्न भन्दै वालुवाटारमा भेटवार्ता गरेका छन् । उनीहरुकाबीच एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नु भन्दा सच्चिइर अगाडि बढ्न सहमति गरेको स्रोतको दावी छ । तर, पोखरेलले यसरी बोल्दै गर्दा उनको बोलीमा प्रधानमन्त्री ओलीको गन्ध मिसिएको भन्ने पूर्वमाओवादीहरुको विश्लेषण रहेको स्रोतको दावी छ ।
पोखरेलले प्रचण्डमाथि इसारा गर्दै फेसबुकमा लेखेका छन्, कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन – ल्याइनै हुँदैन । अझ , शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न ।
उनले प्रचण्डलाई सन्कीको संज्ञा दिदै यस्ता पात्रलाई नेतृत्वमा ल्याइए दुर्घटना निम्तिन सक्मे भन्दै विवादीत अभिव्यक्ति दिएका छन् ।
हेर्नुहोस उनले फेसबुकमा के लेखेः
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












