नेपालमा वैदेशिक लगानीका लागि आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गरेका छन् ।
दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रहेका ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकाले नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् ।
नेपाल सरकारले आगामी महीना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थुप्रै सम्भावना रहेको स्मरण गराउँदै उनले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रण गरे ।
श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानून निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकाले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रमा लगानी गरी पारस्परिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्तालाई उहाँले आग्रह गरे ।
उनले नेपाल सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानूनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धन जोड दिए ।
दक्षिण एशियाका लगानीकर्ता एवं रोजगारदाताले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा लगानीका क्षेत्रमा पनि साझा खालका अवसर र चुनौती रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताए ।
दक्षिण एसियाली क्षेत्रका सरकारहरुलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवद्र्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामूहिक रुपमा सुझाव दिन या आग्रह गर्न सकिने उनले बताए ।
उनले यस रोजगारतादाहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्दाहरुमा मिलेर काम गर्न, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभ लिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग आग्रह गरे ।
दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा आजदेखि शुरु भएको यो आठौँ बैठक हो । यो बैठक तीन दिनसम्म चल्ने छ । यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ ।
सार्क देशका उद्योग वाणिज्य सङ्घ, महासङ्घ तथा चेम्बर अफ कमर्सलगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको नयाँदिल्लीबाट ढकालले जानकारी दिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












