पसिनाले भिजेको कोसेली एयरपोर्टमै खोस्ने सरकारले गरीबको निशुल्क उपचार गर्ला ?
सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छः प्रचण्ड
काठमाडाैं । कोहि गरिब जनता उपचार नपाएर मर्यो भने सरकारका विरुद्ध मुद्दा हाल्न पाइन्छ भनेर नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय आम चासोको विषय बन्न पुगेको छ ।
उपचार नपाएर मानिसको मृत्यु भइसकेपछि के का लागि मुद्दा हाल्ने भन्ने प्रश्न भने पेचिलो बन्दै गएको छ । संविधानले शिक्षा स्वास्थ्यलाई माैलिक हकको रुपमा व्यवस्था गरेपनि जनताले यसलाई राम्ररी उपयोग भने गर्न सकेका छैनन् ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
तर, सरकारको कामकाज र विकास निर्माणका कार्यमा दुरदर्शीता नदेखिएको भन्ने प्रश्नले घेरिएको अवस्थामा यहि व्यवस्था र सरकारबाट के को अपेक्षा गर्ने ? भन्ने आम मानिसको बुझाइ बन्दै गएको छ । यसका साना उदाहरण यस्ता छन् ।
केहि समय पहिले नेपालमा भएको एसिया प्यासिफिक समिटको नाममा धर्म प्रचारमा सरकारको सहभागिता भएपछि सरकारको नियत र दुरदर्शीतामाथि खुवै प्रश्न उठाइयो । यति मै सरकारको आलोचना भने रोकिएन । धुर्मुस-सुन्तली फाउन्डेशनले चितवनमा क्रिकेट स्टेडियम बनाउने घोषणामा समेत सोहि प्रकृतिको सहभागीता भयो । यसले आम रुपमा मानिसलाई आजित बनाइसकेको छ । विपक्षीको कुरा र परै छ ।
कारण हो, सरकारले यसरी जनताबाट कर उठाउने र विभिन्न संघसस्थालाई सहयोग भन्दै जनताबाट नै पैसा उठाउन दिनु कत्तिको न्यायोचित हुनसक्छ ? र यसरी हुने कामको प्रशंसा गरेर त्यसैमा लत्रिने हो भने सरकारको के काम ? भन्ने खालका प्रश्नले सरकार संचालन र यसका कामहरुमाथि झनै ठुलो समस्या थपिदिएको देखिन्छ ।
जनताले दुख गरेर विदेशबाट श्रीमती छोराछोरी तथा आफन्तलाई ल्याइदिएको कोसेली एयरपोर्टमा खोसिदिने तर, व्यक्ति संस्था र अन्य विभिन्न किसिमका एनजिओलाई जनताबाट सहयोगको नाममा खुल्ला रुपमा पैसा संकलन गर्न दिने हो भने यसले समाजलाई रुपान्त्रण गर्न सक्ला ? यस्ता खाले कुरालाई सरकारले नियन्त्रण तथा निश्चित मापदण्ड बनाएर बैंक मार्फत भन्दा अन्य किसिमले सहयोग संकलन गर्न नपाइने र उठेको रकमको सार्वजनिक लेखापरिक्षण गर्न लगाउने तिर भन्दा सरकार नै यसको साक्षी बनेर कार्यक्रम उद्घाटन गर्न पुग्दा जनतामा नैराश्यता नछाएर अरु के हुन सक्छ ?
तर, सरकारको नेतृत्व गरेको पार्टीका अध्यक्ष प्रचण्डले भने माैलिक अधिकारको रटान लगाएर जनतालाई अधिकारको खोजवीन गर्न त सिकाए तर आफ्नै पार्टीको सरकारलाई यस्ता कुराबारे कहिले सचेत बनाउलान खै ?
Comments
अरु समाचार
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत...
-
नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक...
-
गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् ।...
-
Chinese Embassy in Nepal expresses serious concern over ‘fake news’
Kathmandu: The Chinese Embassy in Nepal has expressed serious concern over allegations circulating on Nepali social media and in some...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
आज पनि एमालेको सचिवालय बैठक, कस्तो होला निष्कर्ष ?
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास...
-
सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने अन्तिम तयारी...
-
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि : सुनिता डंगोल
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि...
-
रास्वपा बाराको बैठकमा तनाव, बैठक स्थलबाटै लखेटिए केही सांसदहरु
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा केही प्रतिनिधिसभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन्...












