ग्लोबल आइएमईको ऋणपत्रमा सबैभन्दा उच्च ब्याजदर, फागुन १५ देखि आवेदन दिन पाइने
ग्लोबल आइएमई बैंकले सर्वाधिक ब्याजदर सहितको ऋणपत्र निष्कासन गरेको छ । १५ गतेदेखि खरिद गर्न सकिने ऋणपत्रमा १०.२५ प्रतिशत सम्मको ब्याजदर कायम गरिएको छ । बैंकले जारी गरेको ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रमध्ये सबैभन्दा बढि ब्याजदर रहेको छ ।
बैंकले फागुन १५ गतेदेखि खरिद गर्न सकिने गरि १५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याइएको बैंकले जनाएको छ ।
सर्वसाधारण लगानीकर्तातर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताको लागि अधिकतम लगानी सिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधिभित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंकका जुनसुकै शाखामार्फत् ब्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनै पनि बैंकबाट कर्जा लिन सक्नेछन् ।
ऋणपत्र फारम ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र ती संस्थाका तोकिएका शाखा कार्यालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












