खेलकूदसम्बन्धी विधेयक प्रस्तुत
काठमाडाैं । प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभाको आजको बैठकमा खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो विधेयक प्रस्तुत गरेका हुन् ।
सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री बरालले सङ्घीय सरकारले नीतिनिर्माणमा ढिलाइ गरेकाले विधेयक आउन ढिलाइ भएको बताए । सो प्रस्तावमाथि सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले खेलकूद विधेयक आउन ढिलाइ भएको विषय स्पष्ट गर्न आग्रह गरे भने कमलादेवी विकले अनुशासित र प्रतिस्पर्धी खेलाडी तयार गर्न खेलकूद विधेयक आवश्यक भएकामा जोड दिए ।
यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश नं ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्र्न बनेको प्रतिवेदनसहितको विधेयक बैठकमा पेश गरे।
यसअघि बैठकको विशेष समयमा सदस्यहरुले सरकार र सिके रावतसँग भएको सहमतिको पक्ष–विपक्षमा आ–आफ्नो धारणा राखे। सदस्यहरुले जनजीविकाका अन्य विषयहरुमा पनि मन्तव्य राखेका थियो ।
बैठकमा प्रदेशसभा सदस्य दीपेश थारूले राज्य टुक्र्याउनुपर्छ भन्ने मानसिकता बोकेका रावतसँगको सहमतिको विरोध गर्दै कैलाली घटनामा दोषीमाथि कारवाही नभएको गुनासो गरे । अर्का सदस्य कल्पना पाण्डेले रावतसँग सहमति भएपछि स्वतन्त्र मधेशको नारा लगाइएको भन्दै यसमा राष्ट्रिय जनता पार्टीको आपत्ति रहेको बताए ।
प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले विद्रोही पक्षधरलाई वार्ता गरेर सरकारले प्रशंसनीय काम गरेको उल्लेख गर्दै सवारी अनुमति चालकपत्र घरघरमा बिक्री भइरहेको आरोप लगाए । अर्का सदस्य विष्णु पन्थीले विकासको नयाँ ढाँचा विकास गर्न आग्रह गर्दै पश्चिम क्षेत्रका सडक जीर्ण अवस्थामा रहेको बताए भने दिनेश पन्थीले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा प्रदेशसभा सदस्यको भूमिका स्पष्ट गर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












