अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्काउने
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो ।
भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो । यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिहरुको संख्या कटौती गर्न निर्देशन दिएको थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफूलाई दोस्रो अवधिको लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उक्त निर्णयप्रति असहमति जनाउँदै आएको थियो । यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुवाँ गुआइदोले आफूलाई विवादस्पद रुपमा मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले गुआइदोलाई नै मान्यता दिएको थियो ।
गुआइदोलाई यस प्रकारको अमेरिकी सहयोग प्राप्त भएलगत्तै मदुरोसँग अमेरिकाको सम्बन्ध अझ बिग्रिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मदुरोलाई सत्ताबाट हटाउन चौतर्फी दबाब दिँदै आएको छ ।
भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ । विद्युत आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ । भेनेजुएलामा जारी राजनीतिक सङ्कटसँगै खाद्यान्न सङ्कट पनि थपिएको छ ।
भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ । विपक्षीहरूले राष्ट्रपति मदुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
गुआइदो आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका थिए । यद्यपी राष्ट्रसङ्घ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रूस र चीनले राष्ट्रपति मदुरोलाई समर्थन गरेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












