राष्ट्रपतिको राजीनामा माग्दै व्यापक प्रदर्शन
एजेन्सी । राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन् ।
लामो समयपछि हुन लागेको निर्वाचन फेरी स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् ।
अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो ।
निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीहरुले जनाएका छन् ।
उनको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएकै बेला उनले फेरी निर्वाचन स्थगित गरेका छन् । प्रदर्शनकारीहरुले आगामी निर्वाचनमा भाग नलिन पनि उनलाई आग्रह गर्दै आएका छन् ।
विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आएकी ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी पनि छन् ।
वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उनलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरुले माग गरेका छन् ।
अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ । उनको विरुद्धमा लाखौँ सङ्ख्यामा रहेका अल्जेरियाली नागरिकले सडक ¥याली निकालेका छन् ।
पाँचौँ पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो । उनले भने फेरी एकपटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निरासा उत्कर्षमा पुगेको छ । उनीहरुले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको र देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












