ताजा समाचार

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ मृत्यु हुनेको संख्या ६ पुग्यो

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो ।

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्री बताएका छन् ।

स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिड्डुलको लागि खुल्ला गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org