जनताको जलविद्युतको पहिलो शेयर खुल्दै
काठमाडौं ।
‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ ।
सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।
सोही कार्यक्रमको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर बिक्री गर्न लागिएको आज प्रकाशित विवरणमा उल्लेख छ ।
कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो । आज प्रकाशित विवरणअनुसार सो कम्पनीको शेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ ।
कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
अग्रिम रुपमा शेयर बिक्री गर्न लागिएकाले हाल प्रतिशेयर रु १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।
कूल बिक्री हुने शेयरमध्ये एक लाख ११ हजार १५० कित्ता शेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ । शेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिशेयर रु १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ । उक्त शेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ । त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ ।
नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ । आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल रु आठ अर्ब २२ करोड ७४ लाख रहेको छ ।
शेयर बिक्री गरिएको मितिदेखि ७ दशमलव ९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ । सो कम्पनीको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ ।
बोर्डले बिहिबार मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनाको शेयर बिक्रीका लागि ‘रेटिङ’ गराउनु नपर्ने व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमको घोषणा गर्दै सो कार्यक्रमको पहिलो शेयर आफूले लिने बताएका थिए।
सरकारको तयारी अनुसार कूल स्वपूँजीको ४९ प्रतिशत लगानी नागरिकबाट जुटाउने तयारी गरिएको छ । सरकारले उक्त कार्यक्रमअन्तर्गतका आयोजनामा लगानी गर्ने शेयरधनीलाई व्याजवापतको रकम समेत उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा बोर्डले धितोपत्र निश्कासन गर्नेसम्बन्धी व्यवस्थालाई थप सहज र सरल समेत बनाएको छ ।
उच्च प्रतिफल दिने आयोजना छनोट गरेर नागरिकलाई लगानीका लागि आग्रह गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाले समेत लगानी गरेका छन् ।
स्थानीय आयोजना प्रभावित र नुवाकोट तथा रसुवाका स्थानीय निकायले समेत लगानी गर्ने भएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले समेत सो आयोजनामा ऋण लगानी गरेका छन् । कम्पनी र प्राधिकरणबीच २०७४ भदौ ६ गते विद्युत् खरीद सम्झौता भएको थियो । आयोजनाले २०७८ फागुन १७ गतेदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












