नेकपाभित्रको विवाद छताछुल्ल, यसकारण एकता टुंगिएन्
काठमाडौं ।
गत मंगलबार नेपाला कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत पार्टी एकता हुन नसकेको भन्दै असन्तुष्टि पोखे । उनले ट्वीटरमा लेखेका थिए, ‘हाम्रो पाटीं नेकपा घोषणा भएको करीब १० महिना पुग्न लाग्यो । अझै सांगठनिक एकीकरणको कार्य पुरा हुन सकेको छैन् ।लाखौं कार्यकर्ता कमिटी र जिम्मेवारी बिहीन बनेका छन् । पार्टीको राजनीतिक प्रतिवेदन पनि प्रकाशित भएको छैन् । यो दुखःद र हानिकारक स्थितिको अन्तको लागि जे गर्नुपर्छ तु गरौं ।’
यसको अर्थ पार्टी एकता घोषणा भएको १० महिना वित्दासमेत सांगठनिक एकिकरणको काम अझै पुरा हुन नसक्नुले नेकपाको नेताहरु नै नेतृत्वसँग असन्तुष्ट छन् ।
नेकपा स्थायी कमिटि सदस्य वेदुराम भुषाल एकता प्रकृयामा ढिलाई हुँदा ‘संगठनबिना पार्टी कति दिन चल्छ ?’ भन्दै प्रश्न गर्छन् । हामीसँग कुरा गर्दै उनले भने ‘कार्यदल विघटन भएपछि हामी ५ जना सदस्यहरुले एकताका लागि सुझाव सहितको प्रतिवदेन दिएको थियौँ त्यही अनुसार एकताको प्रकृया अगाडी बढाउनुपर्छ ।’ निश्चित मापदण्ड तोकेर विधि र प्रकृया अनुसार पार्टी एकताका काम थाल्न सुझाव दिएको उनले बताए ।
भागवण्डा नमिलेर एकता लम्बियो
नेकपाकै नेताहरुले भागवण्डा नमिलेर एकता प्रकृया टुंगामा पुग्न ढिलाई भइरहेको बताउँछन् । अध्यक्षले तल्लो तहका कमिटिहरुमा आफ्नो बहुमत सदस्यहरु राख्न चाहेका कारण विवाद सिर्जना हुँदा यस्तो अवस्था आएको नेकपाका एक नेताले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘पूर्व माओवादी भित्र केही समस्या छैन् । पूर्व एमालेकै साथीहरुका कारण अहिलेसम्म एकता प्रकृया ढिला भएको हो ।’
पूर्व एमालेले जनताको बहुदलिय जनवाद र पूर्व माओवादीले २१ औं सताब्दिको जनवादका शैद्धान्तिक र वैचारिक विषयहरु त्याग्न तयार नहुदा पनि एकता प्रकृयामा ढिलाई भइरहेको नेकपा नै नेताहरु बताउँछन् ।
वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, स्थायी कमिटीका सदस्य भिम रावल, मातृका यादव, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माका छुटाछुटै उपगुटले समेत एकता प्रक्रियामा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












