नेकपाभित्रको विवाद छताछुल्ल, यसकारण एकता टुंगिएन्
काठमाडौं ।
गत मंगलबार नेपाला कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत पार्टी एकता हुन नसकेको भन्दै असन्तुष्टि पोखे । उनले ट्वीटरमा लेखेका थिए, ‘हाम्रो पाटीं नेकपा घोषणा भएको करीब १० महिना पुग्न लाग्यो । अझै सांगठनिक एकीकरणको कार्य पुरा हुन सकेको छैन् ।लाखौं कार्यकर्ता कमिटी र जिम्मेवारी बिहीन बनेका छन् । पार्टीको राजनीतिक प्रतिवेदन पनि प्रकाशित भएको छैन् । यो दुखःद र हानिकारक स्थितिको अन्तको लागि जे गर्नुपर्छ तु गरौं ।’
यसको अर्थ पार्टी एकता घोषणा भएको १० महिना वित्दासमेत सांगठनिक एकिकरणको काम अझै पुरा हुन नसक्नुले नेकपाको नेताहरु नै नेतृत्वसँग असन्तुष्ट छन् ।
नेकपा स्थायी कमिटि सदस्य वेदुराम भुषाल एकता प्रकृयामा ढिलाई हुँदा ‘संगठनबिना पार्टी कति दिन चल्छ ?’ भन्दै प्रश्न गर्छन् । हामीसँग कुरा गर्दै उनले भने ‘कार्यदल विघटन भएपछि हामी ५ जना सदस्यहरुले एकताका लागि सुझाव सहितको प्रतिवदेन दिएको थियौँ त्यही अनुसार एकताको प्रकृया अगाडी बढाउनुपर्छ ।’ निश्चित मापदण्ड तोकेर विधि र प्रकृया अनुसार पार्टी एकताका काम थाल्न सुझाव दिएको उनले बताए ।
भागवण्डा नमिलेर एकता लम्बियो
नेकपाकै नेताहरुले भागवण्डा नमिलेर एकता प्रकृया टुंगामा पुग्न ढिलाई भइरहेको बताउँछन् । अध्यक्षले तल्लो तहका कमिटिहरुमा आफ्नो बहुमत सदस्यहरु राख्न चाहेका कारण विवाद सिर्जना हुँदा यस्तो अवस्था आएको नेकपाका एक नेताले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘पूर्व माओवादी भित्र केही समस्या छैन् । पूर्व एमालेकै साथीहरुका कारण अहिलेसम्म एकता प्रकृया ढिला भएको हो ।’
पूर्व एमालेले जनताको बहुदलिय जनवाद र पूर्व माओवादीले २१ औं सताब्दिको जनवादका शैद्धान्तिक र वैचारिक विषयहरु त्याग्न तयार नहुदा पनि एकता प्रकृयामा ढिलाई भइरहेको नेकपा नै नेताहरु बताउँछन् ।
वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, स्थायी कमिटीका सदस्य भिम रावल, मातृका यादव, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माका छुटाछुटै उपगुटले समेत एकता प्रक्रियामा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












