बाबा समूहद्वारा सामूहिक चौरीपालन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् ।
समूहका अध्यक्ष गमबहादुर पुर्जाले भने, ‘चौरीपालनमा अहिलेसम्म रु १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।’ समूहमा आवद्ध सात जनाले तीन वर्षअघि रु छ लाख लगानी गरी १२ वटा चौरीपालन शुरु गरेकामा नौमती बाजा बजाएर कोषमा जम्मा गरिएको रकम र व्यतिmगत रकमसमेत सङ्कलन गरेर सो व्यावसाय थालिएको उनको भनाइ थियो ।
चौरीको सङ्ख्या बढाउन र गोठ सुधार गर्न थप रु आठ लाख लगानी गरेर मोहरेडाँडा, मथेनी, फूलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जङ्गल उनीहरूले प्रयोगमा ल्याएका छन् । एक जनालाई मासिक रु दश हजार ज्याला दिएर चौरी हेर्ने गोठाला राखिएको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताए ।
‘‘विदेशबाट फर्किएपछि सामाजिक काम र आयआर्जनका लागि समूह बनाएका थियौं,’ उनले भने, ‘चौरीबाट अहिलेसम्म आम्दानी त भएको छैन तर सङ्ख्या र लगानी थपिँदै गएको छ ।’ चौरीगाईको दूधबाट चिज उद्योग सञ्चालन गर्ने समूहको लक्ष्य छ । याकको मासु र रगत पनि बिक्री हुन्छ ।
समूहका सदस्य गाउँमा हुने विवाह, छेवार, किरियामा बाजा बजाउँछन् । उनीहरुले मगर समुदायको परम्परागत पुख्यौली नृत्य पनि देखाउँछन् । बाजा बजाउँदा र नृत्य देखाउँदा भएको आम्दानी सहभागीले भाग लगाएर निश्चित रकम कोषमा जम्मा गर्दै आएका थिए ।
समूहको अगुवाइमा राम्चेमा जुवातास, मदिरा नियन्त्रण र विकास निर्माणको काममा पनि सहयोग गरिएको जानकारी दिँदै सचिव सुनबहादुर पुर्जाले भन्नुभयोे, ‘हमीले संस्कृति जोगाएका छौँ, जीविकोपार्जन पनि भएको छ र पुख्यौली नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरिएको छ । ’
युवा युवतीलाई पुख्यौली नाच्न र गाउन सिकाइएको थियो । उनीहरुले नौमती बाजाको अभावमा संस्कृतिनै हराउन थालेपछि उनीहरू आफै बाजा बजाउन थालेका हुन् । विसं २०६० मा सो समूह गठन भएको थियो ।
बाबा र आमा समूहको सक्रियताले विकासका योजना कार्यान्वयनका लागि जनसहभागिता जुटाउन सहयोग पुगेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए । ‘अधिकारका लागि नभएर सामाजिक काम, संस्कृति संरक्षण र आयआर्जनको क्षेत्रमा यहाँको बाबा समूहले नमूना काम गर्दै आएको उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












