शेयर बजार : सात अङ्कले घट्यो
काठमाडौं । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । स्टकका अनुसार वित्त ४.३८ र उत्पादन उपसमूह ७.६६ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ ६.३७, होटल ७.१४, विकास बैंक ६.१९, जलविद्युत् १४.३९, निर्जीवन बीमा ६०.४६, अन्य ०.६४, लघुवित्त १०.६८ र जीवन बीमा ७६.५३ विन्दुले घटेको छ । लगानीकर्ता ग्लोबल आइएमई बैंकको संस्थापक शेयरतर्फ आर्कषित हुँदा आज सो बैंकको रु छ करोड ३९ लाख १० हजार ५७२ मूल्य बराबरको कारोवार भएको छ ।
यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु एक करोड ४७ लाख १४ हजार ८४६, एभरेष्ट बैंकको रु एक करोड २४ लाख ३२ हजार ५३१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ७६ हजार ८११ बराबरको कारोवार भएको छ ।
स्टकका अनुसार युनाइटेड फाइनान्सका शेयरधनीले ८.७२ प्रतिशतले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ७.१४, आशा लघुवित्त वित्तीय संस्था ४.९८, सिन्धु विकास बैंक ४.५५, श्रीराम सुगर मिल ४.५२ प्रतिशतले कमाएका छन् ।
यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ५.१६, खानीखोला हाइड्रो पावर कम्पनी ४.८७, रैराङ हाइड्रो पावर ३.८०, अपि पावर कम्पनीका शेयरुधनीले ३.५९ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












