प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नक्कली बिल तथा भौचर तयार पारी बदनियतपूर्वक सरकारी स्रोतको दुरुपयोग गरेको उहाँमाथि आरोप लागेको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहको समेत मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदासमेत बरबुझारथ नगरेको र ललितपुरमा समेत रु २० लाख बराबरको हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार रु एक करोड बराबरको हिनामिना गरेको भन्ने उजुरीका विषयमा अनुसन्धान गर्दा आन्तरिक छानबिन समितिलाई नै प्रभावमा पारी रु ३० लाख मात्रै तिरेर सफाइ दिन लागिएको समेत अनुसन्धानबाट खुलेको छ ।
वास्तविक भौचरलाई परिवर्तन गरी सरकारी राजश्वसमेत दुरुपयोग गरेको लेखापाल महतमाथि अभियोग लागेको छ । आयोगले बिगो असुल गरी कैद सजायको मागसमेत गरेको छ । यस्तै आयोगले आजै यशोधरा गाँउपालिका–३ को कृष्ण धार्मिक मावि व्यवस्थापन समितिका सदस्य विजयनाथ चौवेले अनुदान शिक्षकको दरबन्दीमा शिक्षक नियुक्ति गरिदिने भन्दै घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
व्यवस्थापन समितिका सदस्य चौवेले विद्यालयमा विज्ञापन गरिएको माध्यामिक विद्यालयको अङ्ग्रेजी शिक्षकमा उत्तीर्ण गराइदिने भन्दै एक परिक्षार्थीसँग रु एक लाख घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले चौवेलाई घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












