वर्तमान नेतृत्वको कारण बार बदनाम
बारको शाख जोगाउन वामपन्थीको नेतृत्वको विकल्प छैन
काठमाडौं । वामपन्थी वकिलहरुले बार एसोसिएसनको शाख गिर्दै गएको ठहर गर्दै वामपन्थीले बारको नेतृत्व नगरे गम्भिर समस्या आइपर्ने ठोकुवा गरेको छ ।
राजधानीमा बिहिबार आयोजित नेपाल लयर्स एशोसियसनको पत्रकार सम्मेलनमा चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्यानल समेत घोषणा गरियो ।
बारलाई तहसनहर पार्दै लगेको आरोप लगाउदै वामपन्थी वकिलहरुले मुलुकको विकास र संवृद्धिलाई उच्चतम बिन्दुमा पुर्याउन समेत नेतृत्वको दाबी गरेको जनाएका छन् ।
नेपाल बार एशोसियनको आगामी चैत १६ गते हुने निर्वाचनमा बामपन्थी वकिलहरुले प्रगतिशील, पेशागत तथा समावेशी समूहको प्यानल बनाएर भाग लिएका छन् ।
वर्तमान बार नेतृत्वले प्रधान न्यायाधीशलाई महाअभियोग लगाइदा मौन समर्थन जनाएको र भ्रष्ट न्यायाधीशलाई कारवाही गर्दा प्रधान न्यायाधीशलाई घेराउ गरेको आरोप वामपन्थी वकिलले लगाएका छन् ।
बार स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन नसक्नु र न्यायपालिका शुद्धीकरणको समेत बाधक बनेको आरोप निर्वाचन परिचालन समितिका संयोजक रुद्र नेपालले बताए ।
चण्डेश्वर श्रेष्ठको प्यानलमा व्यवसायिक र समावेशी अनुहार रहेको भन्दै प्रचार समितिका सचिव नवराज थपलियाले यसपटक फराकिलो अन्तरमा चुनाव जित्ने दाबी गरे ।
को को छन् उम्मेदवार ?
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चण्डेश्वर श्रेष्ठको प्यानलबाट प्रदेश उपाध्यक्षमा १ देखि ७ सम्म क्रमशः मानवहादुर रुम्दाली राई, रामचन्द्र सिंह, इश्वरीप्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, लिलाधर मरासिनी, मीनबहादुर महत र उमेश प्रसाद विष्ट छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा सुरेन्द्रबहादुर थापा र कोषध्यक्षमा रुद्रप्रसाद पोखरेललाई अघि सारिएको छ ।
सदस्यहरुमा खुलातर्फ भीमसेन बन्जारा, गंगासागर खत्री, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।
त्यस्तै दलितबाट मोहन साशंकर, मधेसीबाट पञ्चनारायण मण्डल, वीरेन्द्रकुमार ठाकुर आदिवासीतर्फ विनाकुमाी सिंह चौधरी, बद्री नगरकोटी, महिलातर्फ कल्पना भण्डारी र अन्जु कायस्थलाई उम्मेदवार बनाइएको छ ।
नेपाल बार एशोसियनको चुनावमा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट सुनील पोखरेल अध्यक्षको उम्मेदवार छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












