वर्तमान नेतृत्वको कारण बार बदनाम
बारको शाख जोगाउन वामपन्थीको नेतृत्वको विकल्प छैन
काठमाडौं । वामपन्थी वकिलहरुले बार एसोसिएसनको शाख गिर्दै गएको ठहर गर्दै वामपन्थीले बारको नेतृत्व नगरे गम्भिर समस्या आइपर्ने ठोकुवा गरेको छ ।
राजधानीमा बिहिबार आयोजित नेपाल लयर्स एशोसियसनको पत्रकार सम्मेलनमा चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्यानल समेत घोषणा गरियो ।
बारलाई तहसनहर पार्दै लगेको आरोप लगाउदै वामपन्थी वकिलहरुले मुलुकको विकास र संवृद्धिलाई उच्चतम बिन्दुमा पुर्याउन समेत नेतृत्वको दाबी गरेको जनाएका छन् ।
नेपाल बार एशोसियनको आगामी चैत १६ गते हुने निर्वाचनमा बामपन्थी वकिलहरुले प्रगतिशील, पेशागत तथा समावेशी समूहको प्यानल बनाएर भाग लिएका छन् ।
वर्तमान बार नेतृत्वले प्रधान न्यायाधीशलाई महाअभियोग लगाइदा मौन समर्थन जनाएको र भ्रष्ट न्यायाधीशलाई कारवाही गर्दा प्रधान न्यायाधीशलाई घेराउ गरेको आरोप वामपन्थी वकिलले लगाएका छन् ।
बार स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन नसक्नु र न्यायपालिका शुद्धीकरणको समेत बाधक बनेको आरोप निर्वाचन परिचालन समितिका संयोजक रुद्र नेपालले बताए ।
चण्डेश्वर श्रेष्ठको प्यानलमा व्यवसायिक र समावेशी अनुहार रहेको भन्दै प्रचार समितिका सचिव नवराज थपलियाले यसपटक फराकिलो अन्तरमा चुनाव जित्ने दाबी गरे ।
को को छन् उम्मेदवार ?
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चण्डेश्वर श्रेष्ठको प्यानलबाट प्रदेश उपाध्यक्षमा १ देखि ७ सम्म क्रमशः मानवहादुर रुम्दाली राई, रामचन्द्र सिंह, इश्वरीप्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, लिलाधर मरासिनी, मीनबहादुर महत र उमेश प्रसाद विष्ट छन् ।
त्यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा सुरेन्द्रबहादुर थापा र कोषध्यक्षमा रुद्रप्रसाद पोखरेललाई अघि सारिएको छ ।
सदस्यहरुमा खुलातर्फ भीमसेन बन्जारा, गंगासागर खत्री, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।
त्यस्तै दलितबाट मोहन साशंकर, मधेसीबाट पञ्चनारायण मण्डल, वीरेन्द्रकुमार ठाकुर आदिवासीतर्फ विनाकुमाी सिंह चौधरी, बद्री नगरकोटी, महिलातर्फ कल्पना भण्डारी र अन्जु कायस्थलाई उम्मेदवार बनाइएको छ ।
नेपाल बार एशोसियनको चुनावमा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट सुनील पोखरेल अध्यक्षको उम्मेदवार छन् ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











