इपिएस आवेदन फारम भर्न बैंकमा भीड, पैसा इ-सेवा र आइएमई-पे बाट तिर्न सकिने
काठमाडौ । आजदेखि खुलेको कोरियन भाषा परिक्षा (इपीएस)को आवेदन फारम भर्न बैंकमा आवेदकहरुको बाक्लो भीड लागेको छ ।
ग्लोबल आइएमई बैंकमा पैसा जम्मा गर्नु पर्ने नियमानुसार आवेदक हिजो रातिदेखि नै बैंकमा लाइन लागेका छन् । तर, यसवर्षबाट आईएमई-पे र ई-सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने एपिएस शाखाले जनाएको छ । आवेदन खुलेका पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध समेत गरेको छ ।
पैसा तिर्न आइएमई-पे र इ-सेवाबाट व्यवस्था गरिएपनि बैंकहारुमा बाक्लो भीड छ । त्रिभुवन विश्व विद्यालयको हाता भित्र भएको ग्लोबल आइएमई बैंक, नक्साल, पानीपोखरी लगायत उपत्यकाका विभिन्न शाखामा आवेदन फारम भर्नेहरुको भीड लागेको छ ।
आवेदन फारम भर्नका लागि भोलि चैत्र ८ गतेदेखी १७ गतेसम्म दर्ता हुने इपिएस कोरिया शाखाले जनाएको छ।
कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुलेको हो। २०७५ जेठ २६ र २७ गते दुई–दुई सिफ्टमा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ । लिखित परीक्षा १ सय पूर्णाङ्कको र सुनाई १ सय पूर्णाङ्कको हुने छ ।
परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ । काठमाडौं र पोरखाबाट परीक्षा हुनेछ । दरखास्त दिँदा नै आवेदकले परीक्षा दिने दुईमध्ये एक शहर रोज्नुपर्नेछ ।
आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।
फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्कयान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्वर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिनायताको फोटो अपलोड गर्नु इपिएस शाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












