१७ अर्ब राजश्व सङ्कलन
चितवन ।
आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा रु १५ अर्ब ५२ करोड ६० लाख १३ हजार उठेको छ । त्यसैगरी आयकरमा रु ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि करमा रु ८७ करोड ४९ लाख ५४ हजार, ब्याज करमा रु आठ करोड तीन लाख १० हजार, बहाल करमा रु चार करोड १३ लाख १७ हजार, स्वास्थ्य सेवा करमा रु दुई करोड ७१ लाख ५० हजार र शिक्षा सेवा करमा रु एक करोड २० लाख ४४ हजार राजश्व सङ्कलन भएको छ ।
आर्थिक ऐनले छुट र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेपछि बहालकर, स्वास्थ्य र शिक्षा सेवा कर अघिल्लो आर्थिक वर्षको बाँकी बक्यौता मात्र उठेको उनले बताए ।
कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार चालू आवको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजारको राजश्व उठाउने लक्ष्य तोकिएको छ ।
गत आवमा कार्यालयले रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व सङ्कलन गरेको थियो । हरेक वर्ष राजश्व बढ्दो छ । कार्यालयले चितवन जिल्ला र पूर्वी नवलपरासी हेर्दै आएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धि करमा आठ हजार ४३५ करदाता रहेका छन् ।
यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् । प्रमुख रिजालले कर्मचारी, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ एवं करदाताको सक्रिय सहभागिताका कारण वर्षेनी कर बढ्दै गएको बताए । कार्यालयले विभिन्न विधिबाट गोप्यरूपमा अनुगमनसमेत गरी कर छली गर्नेलाई कारवाहीसमेत गर्दै आएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












