१७ अर्ब राजश्व सङ्कलन
चितवन ।
आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा रु १५ अर्ब ५२ करोड ६० लाख १३ हजार उठेको छ । त्यसैगरी आयकरमा रु ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि करमा रु ८७ करोड ४९ लाख ५४ हजार, ब्याज करमा रु आठ करोड तीन लाख १० हजार, बहाल करमा रु चार करोड १३ लाख १७ हजार, स्वास्थ्य सेवा करमा रु दुई करोड ७१ लाख ५० हजार र शिक्षा सेवा करमा रु एक करोड २० लाख ४४ हजार राजश्व सङ्कलन भएको छ ।
आर्थिक ऐनले छुट र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेपछि बहालकर, स्वास्थ्य र शिक्षा सेवा कर अघिल्लो आर्थिक वर्षको बाँकी बक्यौता मात्र उठेको उनले बताए ।
कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार चालू आवको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजारको राजश्व उठाउने लक्ष्य तोकिएको छ ।
गत आवमा कार्यालयले रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व सङ्कलन गरेको थियो । हरेक वर्ष राजश्व बढ्दो छ । कार्यालयले चितवन जिल्ला र पूर्वी नवलपरासी हेर्दै आएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धि करमा आठ हजार ४३५ करदाता रहेका छन् ।
यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् । प्रमुख रिजालले कर्मचारी, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ एवं करदाताको सक्रिय सहभागिताका कारण वर्षेनी कर बढ्दै गएको बताए । कार्यालयले विभिन्न विधिबाट गोप्यरूपमा अनुगमनसमेत गरी कर छली गर्नेलाई कारवाहीसमेत गर्दै आएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












