न्यायाधीश सिफारिस प्रकरण: गलत भएको हो भने सामुहिक राजीनामा गरौं- प्रधानन्यायाधीश राणा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन् ।
न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत गरे ।
काठमाडौंमा शनिबार आयोजित न्यायाधीश समाजको वार्षिक साधारणसभामा प्रधानन्यायाधीश जबराले उच्च अदालतमा न्याय परिषद्ले सम्मान गरेका न्यायाधीश ल्याउने वातावरण नभएको पनि बताए। ‘न्यायाधीशको अनुभव भएको, कानुन व्यवसायीको अनुभव भएको, हामीमध्येबाट नै बलजफ्ती गरेर पठाएको, डक्ट्रेड गरेको व्यक्तिलाई लिएर आउनु भनेको भेस्टे«ट इन्ट्रेस्ट छ,’ प्रधानन्यायाधीश जबराले भने, ‘तपाईहरू बीचमा रहेका राम्रा व्यक्तिहरूलाई ल्याउने परम्परा सुरु गर्न सकुँ भन्ने मेरो पवित्र लक्ष्य हो ।’ यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् ।
प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई प्रतिप्रश्न गर्दै थपे, ‘आज मैले एउटा न्यायाधीशबाट बाहिर गएको व्यक्तिलाई स्थान दिँदा स्वीकार्य हुँदैन भने तपाईहरू बीचमा गएर, समुद्रको तल्लो फेदमा गएर, नियुक्त गरेर, लिएर आएँ भने तपाईहरू स्वीकार्नुहुन्छ ? मान्नुहुन्छ ? तपाईहरू बीचमा हीरा हुनुहुन्छ, तर त्यो हीरा टिप्ने प्रवृत्तिलाई किन निरुत्साहित गरिन्छ ? मैले बुझ्न सकिनँ ।’ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका पाँचमध्ये एक अधिवक्ता मनोजकुमार शर्मा पिचएचडी होल्डर हुन् । उनी पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्। मनोजकुमार तत्कालीन पुनरावेदन अदालत बुटवलका ‘अतिरिक्त न्यायाधीश’ नियुक्त भएका थिए । संविधान आएसँगै अतिरिक्त न्यायाधीशको पद खारेज भएपछि उनी स्वतः हटेका थिए ।
तर, नयाँ पत्रीका दैनिकले लेखेको छ, न्याय क्षेत्रलाई जनमुखी बनाउन प्रभावमा नपरेर न्याय सम्पादन गर्नु रहेको भन्दै प्रधानन्यायाधीश राणाको चर्को आलोचना भएको दाबी गरेको छ ।
समाचारमा जनाइए अनुसार राणाले अहिले नियुक्त भएका न्यायाधीशको बारेमा यस्ता कुरा गरेर हुँदैन । उसो भए राजीनामा गरौ । सामुहिक राजीनामा गरौ । म त्यसको नेतृत्व गर्छु । हाम्रो नियुक्त प्रक्रिया पनि यसरी नै भएको हो । अझ पहिले न्यायाधीश नियुक्ति गर्दा बहुमत नै नपुग्ने, बैठक छाडेर हिड्ने, लगायत कुरा हुन्थे । तर अहिले सबै उपस्थित भएर गरेको सिफारिसलाई अन्यथा लिन हुदैन ।राणाले चर्किदै भनेका छन ।
यस्तै राणाले न्यायाधीशको कुर्सीमा बसेर कहिले सत्य कहिले असत्यको पक्षमा बोल्न पर्ने र अत्यन्तै अप्ठ्यारो हुने अनुभव समेत सेयर गरेका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












