राष्ट्रपति भण्डारीको चीन भ्रमण ‘राजकीय’
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्र राष्ट्र चिनको भ्रमण गर्ने भएकी छन्।
बेइजिङमा २५ देखि २७ अप्रिलमा हुने दोश्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने गरि राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्दैछिन्, जसलाई औपचारिक भ्रमण बनाउन लागिएको हो।
शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लु गाओले चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रिल २४ देखि मे २ (११–१९ वैशाख) मा चीनको पहिलो ‘स्टेट भिजिट’ गर्न लागेको बताए।
नेपालमा गणतन्त्र स्थापना भएको दश वर्षपछि राष्ट्रपतिको यो नै पहिलो औपचारिक चीन भ्रमण हुनेछ। राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरि बुधबार (११ वैशाख) नौ दिने चीन भ्रमणमा प्रस्थान गर्दैछिन्।
बीआरआई फोरममा सहभागी हुने क्रममा चीनका राष्ट्रपति सीको निमन्त्रणामा नेपालसँगै मंगोलिया, चिली, पोर्चुगल र स्वीटजरल्याडका राष्ट्रपतिले चीन भ्रमण गर्नेछन्।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले शुक्रबार बेइजिङमा नेपालका राष्ट्रपति भण्डारीसहित विभिन्न ३७ देशका राष्ट्र तथा सरकार प्रमुख बीआरआई मञ्चमा सहभागी हुने पुष्टी गरेका हुन्।
बीआरआई फोरमको रिपोर्टिङ गर्न बेइजिङ आएका पत्रकारहरूसँग शुक्रबार मन्त्री वाङले भने, ‘दोस्रो बेल्ट एण्ड रोड इनिसियटिभ सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्च अप्रिल २५ देखि २७ तारिखसम्म बेइजिङमा आयोजना गरिनेछ र चीनका राष्ट्रपतिले मञ्चको अध्यक्षता गर्नुहुनेछ।’
परराष्ट्र मन्त्री वाङका अनुसार, हालसम्म ३७ वटा मुलुकका राष्ट्रनायक र नेताहरू त्यस मञ्चको गोलमेच शिखर सम्मेलनमा सहभागी हुनेछन्। तीमध्ये दक्षिण एशियाबाट नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि हुनेछन्।
त्यस्तै अष्ट्रेलिया, अजरबैजान, बेलारुस, ब्रुनाई, कम्बोडिया, चिली, साइप्रस, चेक, इजिप्ट, इटली, सिंगापुर, थाइल्याण्ड, सर्बिया, भियतनामबाट प्रतिनिधिहरू रहने जनाइएको छ। संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक पनि सम्मेलनमा सहभागी हुने मन्त्री वाङ यीले जानकारी दिए।
राष्ट्रपति सी चिनफिङले शिखर मञ्चको उद्धाटन समारोहमा सहभागी भएर सम्बोधन गर्नुका साथै विदेशी नेताहरूसँग हुने गोलमेच शिखर सम्मेलनको अध्यक्षता गर्नेछन्।
यसअघि नेपालका राष्ट्रपति डा. रामवरण यादवले सांघाई वल्र्ड एक्स्पो र बोआओ एशिया फोरममा सहभागी हुने क्रममा दुई पटक चीन भ्रमण गरेका थिए। सांघाईमा तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ र पछि बोआओमा राष्ट्रपति सीसँग भेटवार्ता भएपनि यादवको भ्रमणलाई ‘राजकीय’ बनाएर राजधानी बेइजिङ निम्त्याइएको थिएन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












