नेकपामा पोलिटब्युरो सदस्य को-को बन्दैछन् ? यी हुन सम्भावित अनुहार
काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयन गर्ने गृहकार्य अघि बढाएको छ । केन्द्रीय कमिटीको एक तिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था रहेकाले ४ सय ४१ जनाबाट १ सय ४७ जनासम्मको पोलिटब्युरो गठन गर्ने गृहकार्य अघि बढेको हो ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब–करिब सहमति जुटेको छ । केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो बनाउने नेताहरूबीच सहमति छ । पूर्वएमालेलाई ८१ र पूर्वमाओवादीलाई ६६ जना सदस्य पोलिटब्युरोको भागबन्डामा परेको छ ।
जसअनुसार पूर्वएमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाटै चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाहरूबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ । पूर्व माओवादीको ९९ सदस्यीय सचिवालय रहेकाले वरीयताका आधारमा छान्दा सहज देखिए पनि बादल समूह, नयाँ शक्तिबाट एकीकरणमा आएको देवेन्द्र पौडेलको समूह, नेकपा संयुक्तबाट एकीकरणमा आएको समूहलगायतलाई समेट्नुपर्ने बाध्यताका कारण प्रचण्डले असहजता महसुस गरेको बताइन्छ । पूर्वमाओवादी समूहबाट वरीयता मिचेरै नेकपाको स्थायी समिति सदस्यमा सिफारिस भएकाले वरीयतामा अघि रहेकाहरू पनि पोलिटब्युरोको दौडधुपमा लागेका छन् । पूर्वमाओवादी समूहका केही सचिवालय सदस्यहरू भने जिल्ला अध्यक्ष र सचिवमा समेत चुनिएका छन् ।
पूर्वएमालेबाट सचिवालय र स्थायी समितिमा रहेका नेताहरू–केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुभाष नेम्बाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल, रघुवीर महासेठ, अमृत बोहोरा, केशव बडाल र पुष्प कँडेल स्वत ः पोलिटब्युरो सदस्य हुँदै छन् ।
त्यस्तै पूर्वपोलिटब्युरो सदस्यहरू काशीनाथ अधिकारी, डा. गंगालाल तुलाधार, थममाया थापामगर, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौंलागाईं, डा. बिन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौराप्रसाद कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा. वंशिधर मिश्र, योगनारायण यादव, भागवत विश्वासी, युवराज कार्की, शत्रुधन महत्तो र शेरधन राई स्वत ः सदस्य हुँदै छन् ।
तर, पूर्वएमालेमा ६६ सदस्यीय पोलिटब्युरोमा रहेका नेताहरू गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता र सानुकुमार श्रेष्ठ तीन नम्बर प्रदेशसभाको सभामुख पदमा तथा चार जना केन्द्रीय आयोगका रहेकाले बाँकी २२ सदस्य नयाँ अनुहारबाट पदपूर्ति गर्नुपर्नेछ ।
बाँकी २२ सदस्य दुईपटक केन्द्रीय सदस्य भइसकेकाहरूमध्येबाट चयन गर्ने तयारी छ । त्यसमा पनि बाहुन क्षेत्रीको हकमा तीन र महिला, दलीत, जनजाति र मधेसीको हकमा दुई कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड पनि पार्टीभित्र प्रस्ताव गरिएको छ ।
यो मापदण्डमा जाँदा त्यसभित्र आवश्यकभन्दा एक जनामात्र बढी हुन्छ । केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गोमा देवकोटा, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, राजेन्द्र राई, देवराज घिमिरे, डा. विजय सुब्बा, वैजनाथ चौधरी, ममता गिरी, गरिमा शाह, चन्द्रबहादुर शाही, सुशीला नेपाल, केशवलाल श्रेष्ठ, शेरबहादुर तामाङ, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेललगायत नेताहरू नयाँ अनुहारका रूपमा पोलिटब्युरोमा आउने निश्चित छ ।
पूर्वमाओवादीबाट
त्यस्तै, पूर्वमाओवादीबाट ९९ सदस्यीय सचिवालयमा वरियतामा अघि रहेकाहरूमध्ये अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत पोलिटब्युरोमा स्वत ः समेटिनेछन् ।
त्यस्तै, नेताहरू जनाद्र्धन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार, लिलामणि पोखरेल, दीननाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, विश्वनाथ शाह, डिलाराम आचार्य, उर्मिला आचार्य, श्रीराम ढकाल पोलिटब्युरो सदस्य बन्नेछन् ।
त्यस्तै, वरीयतामा अघि रहेकाहरू क्रमशः प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, परशुराम तामाङ, सुनील मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराईं, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङबुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, अञ्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल पूर्वमाओवादीको भागमा परेको ६६ जनाको पोलिटब्युरोमा अटाउन सक्नेछन् ।
तर, वरीयतासँगै अध्यक्ष प्रचण्ड जनयुद्ध उत्कर्षमा पुगेका बेला रहेको ९५ सदस्यीय केन्द्रीय सदस्यहरूमध्येबाटै पोलिटब्युरो सदस्य छान्नुपर्ने दबाबमा रहेको बताइन्छ ।
यसका अलावा बादल समूहबाट सचिवालयमा रहेका उनीनिकट नेताहरू सुरेश आलेमगर, महेश्वर दाहाल, अमृता थापा, सूर्यप्रकाश सुवेदी ‘पथिक’, मायाप्रसाद शर्मा वरीयतामा पछि रहे पनि गुट भागबन्डाको सन्तुलन मिलाउन समेट्नैपर्ने दबाबमा छन् । पुराना वाम नेता नन्दकुमार प्रसाईं, पूर्वसभामुख ओनसरी घर्ती, कमल चौंलागाईंलाई पनि समेट्नैपर्ने दबाबका कारण प्रचण्डमाथि वरीयता मिचेरै भए पनि पूर्वमाओवादी समूहबाट सूची छान्नुपर्ने दबाब छ । यसरी हेर्दा पोलिटब्युरो सदस्य चयनमा पूर्वएमालेमा भन्दा माओवादीमा बढी सकस परेको बताइन्छ । एक–दुई दिनभित्रै केन्द्रीय सचिवालय बैठकबाट पोलिटब्युरो सदस्य चयन गरिसक्ने नेकपाको तयारी छ । बुधबार साप्ताहिकले यस्तो सुची सार्वजनिक गरेको हो ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











