एनआरएनए अमेरिका निर्वाचन: बोर्ड अफ डाइरेक्टरमा पदम ठकुराठीको उम्मेद्वारी
अष्टिन (टेक्सास) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा टेक्सासको अष्टिन निवासी पदम ठकुराठी बलियो अवस्थामा देखिएका छन् ।
बर्तमान कार्यसमितीमा एनआरएनए टेक्सास च्याप्टरको महासचिव रहेका युवा व्यवसायी तथा समाजसेवी ठकुराठी ग्रेटर अष्टिन नेपाली सोसाइटीको दुई कार्यकाल उपाध्यक्ष समेत भएका थिए । मृदुभाषी, सबैसंग मिलेर जान सक्ने क्षमताका धनी ठकुराठीले आफ्नो अनुभव र समाजसेवाप्रतिको लगावलाई एनआरएनए अमेरिका मार्फत व्यापक बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको बताउंछन् ।
नेतृत्वले अघि सारेका राम्रा योजनाहरु कार्यान्वयनमा सहयोग र समर्थन गर्दै अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुको अवनत्व हुने एनआरएनए बनाउन सक्दो प्रयास गर्ने मेरो अर्को प्रतिबद्धता हो । समस्यामा परेका गैर आवासीय नेपालीहरुलाई संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पुरा गर्न पनि बोर्ड अफ डाइरेक्टरमा मलाई जिताउन सबैको साथ र सहयोग चाहिएको छ, ठकुराठीले भने ।
ठकुराठी भन्छन्, नेपालको डडेल्धुरामा जन्मिएर महेन्द्रनगर, धनगढी हुंदै २००७ सालमा अमेरिका आएका ठकुराठी २००९ देखी टेक्सासको अष्टिनलाई कर्मथलो बनाएका हुन् । नेपाल देखिको समाजसेवा प्रतिको चाहना तथा अमेरिकामा आएर पनि नेपाली संघ संस्था र एनआरएनए अमेरिका टेक्सास च्याप्टर मार्फत एनआरएनएलाई नजिक बाट चिनेकोले पनि बोर्ड अफ डाइरेक्टरमा मेरो जित आवश्यक ठानेको छु।
निर्वाचन नजिकिदै गर्दै प्रचारप्रसारलाई पनि व्यापक बनाउने योजना सहित अघि बढेका ठकुराठीलाई अष्टिनवासी नेपालीहरु तथा अग्रजहरुको पनि साथ र समर्थन रहेको छ । एनआरएनएले अघि सारेका दोहोरो नागरिकता लगायतका ठुला मुद्धाहरु सफल बनाउन आफ्नो तर्फबाट सक्दो कार्य गर्ने अटोठ सहित टेक्सास च्याप्टर महासचिव हुंदा अष्टिनबाट नै उद्घाटन भएको हेल्प डेस्क प्रोगामलाई अझै प्रभावकारी बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता पनि जनाउन चाहान्छु त्यसैले आगामी कार्यकाल २०१९/२०२१ का लागी मलाई बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन अमेरिकामा रहेका एनआरएन मतदाताहरुको भोटको खाँचो छ, ठकुराठीले बताए ।
आउंदो मे १८ र १९ तारिखमा एनआरएनए अमेरिकाको निर्वाचन हुंदैछ ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












