नविल बैंकले सबैभन्दा सुरक्षित दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं। नविल बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार बैंकले सबैभन्दा दोस्रो राम्रो ‘इक्रा एनपि एल डवल ए माइनस’ प्राप्त गरेको छ। सबैभन्दा राम्रो रेटिङ ‘इक्रा एनपि एल डवल ए’ लाई मानिन्छ।
बैंकले पाएको रेटिङ अनुसार उक्त ऋणपत्र सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ। ऋणपत्र निष्काशन गर्नु अगाडि ऋणपत्रको अनिवार्य रेटिङ गर्नुपर्छ। रेटिङ गर्ने क्रममा एजेन्सीले बैंकको प्रस्तुति, बैंकिङ क्षेत्रमै बैंकको अवस्था, नाफा, बैंकले दिएको लाभांस, बैंकले प्रवाह गरेको ऋणको जोखिम लगायतका क्षेत्रमा अध्ययन गरिन्छ।
बैंकले प्रदान गरेका ऋणको अवस्था एकदमै सुरक्षित रहेको छ। बैंकले वित्तीय सञ्जाललाई विस्तारै विस्तारै बढाउँदै गरेको हुँदा उक्त ऋणपत्र सुरक्षित देखिएको हो। नाफाका हिसावले नविल निजीस्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने बैंकमा पर्छ।
प्रतिवेदन अनुसार बैंकको जम्मा निक्षेपको ३३ प्रतिशत निक्षेप २० जनाको रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। जसमध्ये ४९ अर्ब २९ करोड रुपैयाँ २० जनाको र बाँकी एक खर्ब अन्य सर्वसाधारणको नाममा रहेको छ।
त्यस्तै ऋण लगानी तर्फ बैंकले २० वटा समुह तथा व्यक्तिको नाममा २७ प्रतिशत प्रवाह गरेको छ। यसले गर्दा बैंकको कस्ट अफ फण्ड तुलनात्मक रुपमा अन्य बैंकको भन्दा कम पर्न जान्छ। यस्तो तथ्याङ्कले बैंकलाई भोलिका दिनमा थप समस्यामा पार्न सक्ने रेटिङ एजेन्सीले जनाएको छ।
बैंकको निक्षेप लगानी र कर्जा विस्तार क्रमिक रुपमा बढिरहेको छ। गएका तीन चार वर्षदेखि बैंकले आफ्नो कर्जा लगानी र निक्षेप संकलनलाई विविधीकरण गरिरहेको छ। बैंकले आफ्नो रणनीतिमा शाखा विस्तारलाई प्राथमिकता दिएको हुँदा बैंक अझ सवल र थप प्रतिस्पर्धी हुने एजेन्सीले जनाएको छ।
नविल निजीस्तरको पहिलो बाणिज्य बैंक हो। सन् १९८४ मा इमिरेट्स बैंक इन्टरनेशनलको जोइन्ट भेन्चरको रुपमा स्थापना भएको नविल बैंकको प्रमुख शेयरधनीमा चौधरी समुह रहेको छ। एनवि ग्रुप र चौधरी समुहको मात्रै ५३ प्रतिशत शेयर पूँजी रहेको छ। त्यस्तै राष्ट्रिय बीमा संस्थानको ९.६७ प्रतिशत होल्डिङ रहेको छ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी मध्ये नविल बैंक दोस्रो बजार पूँजीकरण भएको कम्पनी अन्तर्गत पर्छ। बैंकको हाल ७४ वटा शाखा कार्यालय, १२६ वटा एटिएम रहेको छ। बैंकिङ क्षेत्रमा समग्र निक्षेपमा नविलको मात्रै ५.६२ प्रतिशत हिस्सा छ। ऋण लगानी तर्फ ५.५३ प्रतिशत हिस्सा छ।
नविल बैंकले सबैभन्दा सुरक्षित दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











