नविल बैंकले सबैभन्दा सुरक्षित दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं। नविल बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार बैंकले सबैभन्दा दोस्रो राम्रो ‘इक्रा एनपि एल डवल ए माइनस’ प्राप्त गरेको छ। सबैभन्दा राम्रो रेटिङ ‘इक्रा एनपि एल डवल ए’ लाई मानिन्छ।
बैंकले पाएको रेटिङ अनुसार उक्त ऋणपत्र सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ। ऋणपत्र निष्काशन गर्नु अगाडि ऋणपत्रको अनिवार्य रेटिङ गर्नुपर्छ। रेटिङ गर्ने क्रममा एजेन्सीले बैंकको प्रस्तुति, बैंकिङ क्षेत्रमै बैंकको अवस्था, नाफा, बैंकले दिएको लाभांस, बैंकले प्रवाह गरेको ऋणको जोखिम लगायतका क्षेत्रमा अध्ययन गरिन्छ।
बैंकले प्रदान गरेका ऋणको अवस्था एकदमै सुरक्षित रहेको छ। बैंकले वित्तीय सञ्जाललाई विस्तारै विस्तारै बढाउँदै गरेको हुँदा उक्त ऋणपत्र सुरक्षित देखिएको हो। नाफाका हिसावले नविल निजीस्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा गर्ने बैंकमा पर्छ।
प्रतिवेदन अनुसार बैंकको जम्मा निक्षेपको ३३ प्रतिशत निक्षेप २० जनाको रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकले एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। जसमध्ये ४९ अर्ब २९ करोड रुपैयाँ २० जनाको र बाँकी एक खर्ब अन्य सर्वसाधारणको नाममा रहेको छ।
त्यस्तै ऋण लगानी तर्फ बैंकले २० वटा समुह तथा व्यक्तिको नाममा २७ प्रतिशत प्रवाह गरेको छ। यसले गर्दा बैंकको कस्ट अफ फण्ड तुलनात्मक रुपमा अन्य बैंकको भन्दा कम पर्न जान्छ। यस्तो तथ्याङ्कले बैंकलाई भोलिका दिनमा थप समस्यामा पार्न सक्ने रेटिङ एजेन्सीले जनाएको छ।
बैंकको निक्षेप लगानी र कर्जा विस्तार क्रमिक रुपमा बढिरहेको छ। गएका तीन चार वर्षदेखि बैंकले आफ्नो कर्जा लगानी र निक्षेप संकलनलाई विविधीकरण गरिरहेको छ। बैंकले आफ्नो रणनीतिमा शाखा विस्तारलाई प्राथमिकता दिएको हुँदा बैंक अझ सवल र थप प्रतिस्पर्धी हुने एजेन्सीले जनाएको छ।
नविल निजीस्तरको पहिलो बाणिज्य बैंक हो। सन् १९८४ मा इमिरेट्स बैंक इन्टरनेशनलको जोइन्ट भेन्चरको रुपमा स्थापना भएको नविल बैंकको प्रमुख शेयरधनीमा चौधरी समुह रहेको छ। एनवि ग्रुप र चौधरी समुहको मात्रै ५३ प्रतिशत शेयर पूँजी रहेको छ। त्यस्तै राष्ट्रिय बीमा संस्थानको ९.६७ प्रतिशत होल्डिङ रहेको छ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी मध्ये नविल बैंक दोस्रो बजार पूँजीकरण भएको कम्पनी अन्तर्गत पर्छ। बैंकको हाल ७४ वटा शाखा कार्यालय, १२६ वटा एटिएम रहेको छ। बैंकिङ क्षेत्रमा समग्र निक्षेपमा नविलको मात्रै ५.६२ प्रतिशत हिस्सा छ। ऋण लगानी तर्फ ५.५३ प्रतिशत हिस्सा छ।
नविल बैंकले सबैभन्दा सुरक्षित दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












