निगमलाई झण्डै करोड भाडा तिरेर प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा जाने !
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर भियतनाम कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली निगमको न्यारोबडी एयरबस ३२० मार्फत भोली बैशाख २६ गते एक साता लामो विदेश भ्रमणमा निस्किने भएका हुन् । निगमको विमानलाई प्रतिघण्टा आजको डलर भाउ अनुसार १२ लाख ९१ हजार ३ सय ३० रुपैया भाडा तिर्नु पर्नेछ । यद्यपी भाडा १ हजार ६ सय २० अमेरिकी डलर हो ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीका लागि चार्टर गरिएको विमानले झण्डै सात घण्टाको भाडा लिने निगम स्रोतले जनाएको छ । सात घण्टाको जम्मा भाडा आजको अमेरिकी डलरको रेट अनुसार ९० लाख ३९ हजार ३ सय १४ रुपैयाँ हुन आउँछ ।
परराष्ट्रले उक्त भीभीआईपी चार्टर उडानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ३५ जना यात्रु रहने जनाएको छ । निगमको विमान काठमाडौंबाट मंगलबार भियतनामको राजधानी हनोई जानेछ ।
प्रधानमन्त्रीसहितको टोलीलाई हनोईमा छाडेर त्यसै दिन नेपाल फर्किने छ । भियतनामपछि कम्बोडिया हुँदै प्रधानमन्त्री जेठ १ मा बैंककबाट निगमको नियमित उडानमा काठमाडौं फर्किने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री ओली चीन भ्रमणमा नीजि विमान कम्पनीको विमान चार्टर गरेर भ्रमणमा निस्केका थिए । जसका कारण उनी निकै विवादीत समेत बनेका थिए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












