निगमलाई झण्डै करोड भाडा तिरेर प्रधानमन्त्री ओली भियतनाम भ्रमणमा जाने !
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर भियतनाम कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली निगमको न्यारोबडी एयरबस ३२० मार्फत भोली बैशाख २६ गते एक साता लामो विदेश भ्रमणमा निस्किने भएका हुन् । निगमको विमानलाई प्रतिघण्टा आजको डलर भाउ अनुसार १२ लाख ९१ हजार ३ सय ३० रुपैया भाडा तिर्नु पर्नेछ । यद्यपी भाडा १ हजार ६ सय २० अमेरिकी डलर हो ।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीका लागि चार्टर गरिएको विमानले झण्डै सात घण्टाको भाडा लिने निगम स्रोतले जनाएको छ । सात घण्टाको जम्मा भाडा आजको अमेरिकी डलरको रेट अनुसार ९० लाख ३९ हजार ३ सय १४ रुपैयाँ हुन आउँछ ।
परराष्ट्रले उक्त भीभीआईपी चार्टर उडानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ३५ जना यात्रु रहने जनाएको छ । निगमको विमान काठमाडौंबाट मंगलबार भियतनामको राजधानी हनोई जानेछ ।
प्रधानमन्त्रीसहितको टोलीलाई हनोईमा छाडेर त्यसै दिन नेपाल फर्किने छ । भियतनामपछि कम्बोडिया हुँदै प्रधानमन्त्री जेठ १ मा बैंककबाट निगमको नियमित उडानमा काठमाडौं फर्किने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री ओली चीन भ्रमणमा नीजि विमान कम्पनीको विमान चार्टर गरेर भ्रमणमा निस्केका थिए । जसका कारण उनी निकै विवादीत समेत बनेका थिए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












