सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन
काठमाण्डौ । सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ ।
सेमेष्टर प्रणालीलाई थप शक्तिशाली बनाई शिक्षक केन्द्रित प्रणालीबाट विद्यार्थीका रचनात्मक क्षमता र व्यावहारिक ज्ञानलाई ज्ञान तथा सीप आर्जनको वातावरणमा लाग्न जोड दिइएको छ । सो प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका बाहिरका १६ आंगिक क्याम्पसबाट ३२ र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पससमेत गरी ८० जना अन्तक्र्रियामा सहभागी रहेका थिए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले सिकाइ आफँैमा जटिल एवं दायरा फराकिलो भएकाले शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताए । उनले विश्वव्यापी भूमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले उक्त प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउँदै लैजाउनुपर्नेमा जोड दिए ।
शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले सो प्रणालीले कक्षाकोठामा अन्तक्र्रियाको वातावरण निर्माण गर्दै विद्यार्थीलाई निष्क्रिय हुनबाट जोगाउने बताए । रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसात् गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाइको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । त्रिविले चार वर्ष अघि सेमेष्टर प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












