भाजपा गठबन्धनको ऐतिहासिक जित,तीन सय तीन स्थान जित्ने पक्का
काठमाडौं । भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ।
अघिल्लो चुनावमा तुलनामा २१ स्थान बढी हो। सन् २०१४ मा भएको आम निर्वाचनमा भाजपाले मोदीको नेतृत्वमा २ सय ८२ स्थानमा जीत हासिल गरेको थियो।
यो समाचार तयार पर्दासम्म भारतीय निर्वाचन आयोगले ५ सय ४२ मध्ये ५ सय १२ स्थानमा निर्वाचन परिणाम सार्वजनिक गरेको छ। जसमा भाजपाले २ सय ९० स्थानमा जीत हासिल गरेको छ भने १३ स्थानमा आग्रता कायम गरेको छ।
त्यस समयमा सन् १९८४ पछि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्रापत गरेको पहिलो पटक थियो। बहुमतमा लागि २ सय ७२ स्थान आवश्यक पर्छ।
भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लिन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहार रहेको विपक्षी गठबन्धनलाई पराजित गरेको छ।
पश्चिम बंगाल र उडिसामा पनि भाजपाले अहिलेसम्मकै राम्रो प्रदर्शन गरेको छ । दक्षिणी राज्यहरुमा कर्नाटका बाहेक अन्यत्र भाजपाले राम्रो भने गर्न सकेन। पूर्वोत्तर राज्यमा पनि पहिलो पटक जीत हासिल गरेको छ । मोदी लहरका असर दक्षिण भारत बाहेक पुरै भारतमा देखियो।
त्यसैगरी विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले ५० स्थानमा जीत हासिल गरेको छ भने २ स्थानमा आग्रता रहेको छ। कांग्रेसले सन् २०१४ को तुलनामा सुधारिएको प्रदर्शन गरे पनि यो पर्याप्त भने छैन।
यसले कांग्रेस अध्यक्ष राहुल गान्धीको नेतृत्व क्षमताको प्रश्न उठाएको छ। पछिल्लो समयमा विभिन्न राज्यमा भएको विधानसभा चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गर्न सकेन।
डिसेम्बरमा भएको विधानसभा चुनावमा कांग्रेसले भाजपाले १५ वर्षदेखि शासन गर्दै आएको छत्तीसगढ र मध्य प्रदेशमा सरकार बनाउन सफल भएको थियो। त्यसैगरी मोदीका गृह राज्य गुजरातमा पनि भाजपालाई कडा टक्कर दिएको थियो।
तर , लोकसभा चुनावमा भने त्यसमा कुनै असर देखिएन । कांग्रेसले राजस्थान, गुजरात, हरियणा र दिल्लीमा कुनै स्थान जित्न सकेन । मध्य प्रदेशमा एक र छत्तीसगढमा दुई स्थानमा खुम्चियो । चालिस स्थान रहेको बिहारमा एक र ८० स्थान रहेको उत्तर प्रदेशमा एक स्थान चित्त बुझाउन परेको छ।
उत्तर प्रदेश रहेको परम्परागत गठ अमेठीबाट पार्टी अध्यक्ष राहुल गान्धीले चुनाव हारेका छन् । उनलाई केन्द्रीय मन्त्री स्मृति इरानीले पराजित गरिन ।
लोकसभामा तेस्रो राजनीतिक दलका रुपमा तामिलनाडुको डिएमके हुने देखिएको छ। सो दलले २२ स्थानमा जीत हासिल गरेको छ भने एक स्थानमा आग्रता कायम गरेको छ।
त्यसैगरी आन्ध्र प्रदेशका वाईएसआर कांग्रेस र पश्चिम बंगालको त्रिणमुल कांग्रेसले २२–२२ स्थान जित्ने देखिएको छ । त्यसैगरी शिव सेनाले १८ जितेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












