बजेटले असमानता बढायो, खरिदारको तलब सरह राष्ट्रपतिको तलब बृद्धि भयोः नेता खाण
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणले कम्युनिष्ट सरकारको बजेटले संघीयतालाई आधारशिला नमानेको दाबी गरेका छन् ।
कम्युनिष्ट सरकारले ल्याएको बजेटले स्थानिय तहलाई खुम्च्याउने कोसिस गरेको भन्दै खाणले शक्ति केन्द्रिकृत गर्न खोजेको आरोप लगाएका छन् ।
तल्लो तहमा स्थानिय नेतृत्व आइसकेपनि जनप्रतिनिधिहरुलाई मार्ग निर्देश गर्ने कुरा भुलेर उनीहरुको अधिकार खोस्न खोजिएको भन्दै उनीहरुलाई विकासका काममा विश्वास गर्न नसक्नु दुखद कुरा रहेको जनाएका छन् ।
आज चलेको संसदमा बोल्दै नेता खाणले बजेटले जनप्रतिनिधिको अधिकार मात्रै खोस्ने काम नगरेको भन्दै संघीताको मर्ममाथिको प्रहार भएको दाबी गरेका छन् ।
सरकारले बढाएको तलब बृद्धिमाथि प्रश्न उठाउदै खाणले भने, कार्यालय सहयोगी देखि राष्ट्रपतिबीचको तलब बृद्धि अत्यन्तै असमानजनक भएको दाबी गरेका छन् । बजेट समाजबाद उन्मुख भन्दा पनि बजटे कागजको घोडा जस्तै बन्न पुगेको वताए । कागको घोडाले न घाँस र दाना खान सक्छ । न भारी बोक्न सक्छ । यो बजेट कागजको घोडा जस्तै हो । पुजिगत खर्च गरेर शान्ति र संवृद्धि ल्याउने खालको बजेट हुनुपर्छ । कागजको घोडा पोहोर साल अलि सानो थियो । अहिले अलि ठूलो भएछ । कमसेकम अलि ठूलो कागको घोडा बनाएको भए पानी जहाज आउथ्यो की ? नेपाली जनता आफ्नै देशमा पानी जहाज चढ्न चाहन्छन् ।
यस्तै, नेता खाणले भने, तलब बृद्धि हुँदा एउटा खरिददारको तलब जत्तिकै पैसा राष्ट्रपतिको तलब बढेको छ । कार्यालय सहयोगीको कुरा त के रह्यो र ? के मूल्यबृद्धि कार्यालय सहयोगीलाई बढ्ने होइन र ? मूल्यबृद्धिले राष्ट्रपति या सामान्य कर्मचारी सबैलाई बढ्ने हो । यसर्थ यो बजेट समाजबाद उन्मुख बजेट छैन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












