रुकुम पूर्वमा गुरिल्ला ट्रेल यहि असार २ बाट हुने
रुकुम पूर्व । तत्कालिन माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धको क्रममा प्रयोग गर्ने गरेको गुरिल्ला ट्याकमा यहि असार २ गते ‘गुरिल्ला म्याराथन प्रतियोगिता’ हुने भएको छ ।
रुकुम पूर्व र रोल्पाको केहि भाग समेटेर आयोजना हुन लागेको गुरिल्ला म्याराथन प्रतियोगिता ५२ किलोमिटर लामो हुनेछ । रुकुमको ऐतिहासिक स्थल महतबाट सुरु भएको गुरिल्ला म्याराथन धर्मशाला, जलजला, थवाङ, लुकुम हुँदै खावाङ बगरमा आएर अन्त्य हुनेछ ।
गुरिल्ला ट्रेल दाैड प्रतियोगिताले पर्यटेन प्रवर्धन हुने आशा राखिएको भन्दै आयोजनाका एक प्रमुख अभियान्ता सुनिल रोका मगरले भने, रुकुम, रोल्पा, बाग्लुङ र म्याग्दीमा पर्ने गोरेटो बाटोलाई सरकारले गुरिल्ला ट्रेकको रुपमा अगाडी बढाएको छ । यसको उद्धेश्य पर्टटन प्रवर्धन गर्ने भन्ने नै हो । हामी युवाहरुले मिलेर यसलाई साकार पार्न लाग्नु पर्छ भन्ने मेरो मान्यता हो ।
म्यारातनलाई अन्तराष्ट्रिय धाविका मीरा राईले प्रबर्धन गर्ने भएकी छन् । प्रतियोगितामा सहभागी हुन आयोजकले आह्वान गरिसकेको छ।
प्रतियोगितामा सहभागी मध्ये प्रथम, द्वितिय र तेश्रो हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पुरुस्कार प्रदान गरिनेछ । भने आयोजनाको प्रमुख सहयोगी भुमे गाँउपालिकाले गर्ने भएको हो । भने, आयोजनामा सहभागी खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने भएको आयोजकले जनाएको छ ।

स्थानिय संस्कृतिलाई प्रबर्धन गर्नुका साथै जनयुद्ध स्थलको परिचयात्मक कार्यक्रम मार्फत पर्यटन प्रबर्धन गर्न म्यारातन प्रतियोगिताले सहयोग गर्ने आयोजकले विश्वास गरेको छ ।
प्रतियोगितामा सहभागी हुन ७ हजार फी तिर्नु पर्नेछ । भने उक्त रकमबाट पोखरा, बुर्तिबाङ र रुकुम जान आउनका साथै खाना, बास र दुईतर्फी यातायातको व्यवस्था गरिएको छ ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












