जनतालाई ३ वर्षभित्र खानेपानी पु-याउनका लागि विश्व बैंकलाई निरन्तर सहयोग गर्न खानेपानी मन्त्रीको आग्रह
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेकी छन् ।
विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा खानेपानी मन्त्री मगरले खानेपानीका नयाँ योजनाहरुमा थप सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेकी हुन्। सरकारले शत प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको सेवा पु-याउनुपर्ने भएकाले थप लगानी चाहिएको उनले बताइन् ।
भेटघाटमा मन्त्री मगरले भनिन्, “सन् २०३० सम्ममा सबै जनसंख्यालाई प्रशोधित स्वच्छ खानेपानीको पहुँच पु-याउनुपर्ने चुनौति सरकारसँग छ । चुनौतिका बीच केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दीगो विकासका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने जरुरी छ । यसका लागि देशैभरि हामीले खानेपानी र सरसफाईको गुरुयोजना बनाउँदैछौं ।”
ग्रामीण भेगका जनताले अझैपनि घण्टांै घण्टा लगाएर पानी लिन जानुपर्ने स्थिति रहेको भन्दै मन्त्री मगरले ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विश्व बैंकको थप महत्वपूर्ण सहयोग चाहिएको बताइन् । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) लाई अझ सशक्त बनाएर लैजान चाहेको उनले स्पष्ट पारे ।

पहुँचको आधारमा योजना छनौट नगरी सबै क्षेत्रमा समान रुपले योजना छनौट गर्ने र कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको मन्त्री मगरको भनाई छ ।
विशेषगरी तराई भेगमा खानेपानीमा आर्सेनिकको मात्रा बढ्दै गएको भन्दै उहाँले यो समस्यालाई एकैचोटी हल गर्ने तयारीमा मन्त्रालय रहेको बताइन् । ग्रामीण क्षेत्र जस्तै सहरी क्षेत्रको खानेपानी आयोजनामा समेत विश्व बैंकलाई सहयोग गर्न मन्त्री मगरले आग्रह गरिन् ।
नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्यलाई पुरा गर्न विश्व बैंक सधैं सहयोग गर्न तयार रहेको बताए। स्थानीय, प्रदेश र केन्द्र सरकारबीच आयोजनालाई अगाडि बढाउने दिशामा समन्वय भएर जान सके अझ राम्रो हुने उनको भनाई थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












