कोरियन भाषा परीक्षा भोलि र पर्सी, ९२ हजार परिक्षार्थी सहभागी हुदै
काठमाडौं । भोलिदेखि शनिबार रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु हुँदैछ ।
शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दैछन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।
यसको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।
जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा त्यस अन्तरगत दिनुपर्छ । गतवर्षभन्दा पनि अघिल्लो वर्षभन्दा ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका थिए । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो ।
१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ ।
नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा नल्याउन आग्रह गरिएको छ । यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्नेछ ।
यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












