चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापती थापा चिन भ्रमण जाने
काठमाडाैँ । प्रधानसेनापति पूर्णचन्द्र थापा उत्तर छिमेकी चीन र अमेरिकाको भ्रमणमा जाने भएका छन्।
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा आगामी असारको पहिलो साता चीन भ्रमणमा जान लागेका हुन्।
साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि पुष्टि गरेका छन्।
प्रधानसेनापति थापाको चीन भ्रमण १–७ असारमा हुने बताइएको छ। उनी छेन्दु हुँदै बेइजिङ पुगेर आफ्ना समकक्षीसँग आपसी हित र चासोको विषयमा छलफल गर्नेछन्।
राजनीतिक नेतृत्वले झैँ सैनिक नेतृत्वले पनि पहिले मित्र राष्ट्र भारतको भ्रमण गर्ने र त्यसपछि चीन भ्रमणमा जाने प्रचलन रहँदै आएको छ।
प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको भ्रमण ०७५ मा नै गरिसकेका छन्। उनको अमेरिका भ्रणको कार्यतालिका पनि यसअघि नै सार्वजनिक भइसकेको छ।
प्रधानसेनापति भएको केही समयपछि नै भारत जाने प्रचलन भएपनि भारतले आयोजना गरेको बिमस्टेक राष्ट्रका सेना प्रमुखको सम्मेलन र सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयपछि भारत भ्रमणमा ढिलाई भएको थियो।
प्रधानसेनापति भएपछि भारत भ्रमणमा जाने नेपाली सेना प्रमुखलाई भारतीय सेनाको मानार्थ सेना प्रमुखको पदवी दिने प्रचलन छ। नेपाली आउने भारतीय सेना प्रमुखले पनि यस्तै सम्मान पाउने गरेका छन्।
१–७ असारमा हुने चीन भ्रमणलगत्तै प्रधानसेनापति थापा अमेरिका भ्रमणमा जाँदैछन्। संयुक्त राष्ट्रसंघले अमेरिकाको न्यूयोर्कमा आयोजना गरेको ‘चिफ अफ डिफेन्स कन्फरेन्स’ मा सहभागिताका लागि उनी त्यसतर्फ जान लागेका हुन्।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











