झापा, मोरङ र सुनसरीमा डेङगु संक्रमण फैलिदै, यस्तो छ वच्ने उपाय !
काठमाडौ । एक महिनाअघि देखिएको डेङ्गु नियन्त्रण हुनुको साटो फैलिएर सुनसरी हुँदै मोरङ र झापालगायतका जिल्लामा पुगिसेको छ ।
अहिलेसम्म पूर्वी जिल्लाका ४ सय ७५ जना मानिसमा यो रोगको सङ्क्रमण भेटिएको छ ।डेङ्गुको सङ्क्रमण सुरुमा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा भेटिएको हो ।
त्यसपछि ७, ९ र १३ वडामा पनि यसका बिरामी देखिन थाले । विस्तारै सुनसरीको छिमेकी जिल्ला मोरङ र झापामा समेत देखिन थाल्यो ।अहिलेसम्म सुनसरीको धरान उपमहानगरका मात्रै २० वटा वडामा डेङ्गु देखिएको छ ।महानगरपालिकासँग स्वास्थ्यका विषयमा बजेट नभएकाले तत्कालका लागि विपद् कोषबाट यसको नियन्त्रणमा खर्च भइरहेको महानगरपालिकाले जनाएको छ ।
स्थानीय तह सरकारले नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्दा पनि डेङ्गु नियन्त्रणमा नआएपछि प्रदेश र सङ्घीय सरकारलाई सहयोग माग्न बाध्य भएको धरान उपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् ।
उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि चिकित्सकहरूको ५ जनाको समिति नै गठन गरेको जनाएको छ । सो टोलीले टोल टोल र वडा वडामा पुगेर नियन्त्रणको प्रयास गरिरहेको बताइएको छ । उपमेयर भण्डारीले अबको एक सातासम्ममा डेङ्गु नियन्त्रणमा ल्याउने गरी काम भइरहेको रातोपाटीलाई बताइन् ।
डेङ्गु नियन्त्रणका लागि टोल टोल र विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको धरान उपमहानगरपालिकाले जनाएको छ । सङ्क्रमितहरूको उपचार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा भइरहेको छ ।डेङ्गु फैलिएको एक महिना बितिसक्दा पनि प्रदेश सरकारले नियन्त्रणका लागि आर्थिक सहयोग नगरेको उपमहानगरपालिकाले जनाएको छ ।
संरचनागत परिवर्तन डेङ्गु नियन्त्रणको समस्या
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार देश सङ्घीय संरचनामा जानुभन्दा पहिला जिल्ला जिल्लामा डेङ्गु रोगका बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरू थिए ।
तर अहिले स्थानीय तहदेखि केन्द्रसम्म पहिलाको स्वास्थ्यकर्मीहरूको कोटा काटिएकाले सङ्क्रमित ठाउँमा विज्ञ स्वास्थ्यकर्मी नहुँदा तत्काल नियन्त्रणमा आउन नसकेको लालको भनाइ छ ।
डेङ्गु लाग्नुमा आधुनिक जीवनशैली मुख्य कारण
डेङ्गु लाग्नुको मुख्य कारण आधुनिक जीवनशैली मानिएको छ । निर्देशक डा। विवेक लालका अनुसार सबै धारामा पानी नआउने हुँदा प्रत्येक घरको छतको ट्याङ्की, बाटा बाल्टिन, गमलामा सफा पानी राख्ने हुँदा लामखुट्टेले खुला राखिएको पानीमा अण्डा पार्दा डेङ्गुको समस्या देखिएको बताए ।
‘सहरी क्षेत्रमा फोहोर बिर्सजनको राम्रो व्यवस्थापन छैन, तपाईंले खानुभएको मिनिरल वाटरको बिर्को फाल्नुभयो र त्यो बिर्कोमा केही मात्रामा पानी छ भने पनि त्यहाँ लामखुट्टेले अण्डा पार्दा डेङ्गु फैलन सक्ने सम्भावना हुन्छ, निर्देशक लालले भने ।
अहिले धरानबाट फैलिएको डेङ्गु पनि यस्तै कारणबाट भएको बुझिन्छ । सवारी साधनमा प्रयोग गर्ने टायर जथाभावी फालेको हुन्छ । टायर ओसिलो हुने र एक पटक परेको पानी निकाल्न नसक्ने हुँदा लामखुट्टेले अण्डा पार्ने क्रम धेरै बढ्दै गएको महाशाखाले जनाएको छ ।
डेङ्गु रोगको निश्चित उपचार छैन
अहिले सम्म डेङ्गु रोगको कुनै पनि खोप पनि उपलब्ध छैन । डेङ्गु रोगविरुद्धको उपचार पनि अहिलेसम्म निश्चित छैन ।
लक्षणको आधारमा उपचार हुँदै आइरहेको छ । डेङ्गुु सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टे पनि सङ्क्रमित हुने र त्यो लामखुट्टेले पारेको अण्डा सबै सङ्क्रमित हुने, सङ्क्रमित अण्डाबाट निस्केको लामखुट्टे पनि सङ्क्रमित हुने हुँदा घर वरिपरि सफा राख्नुपर्ने, घरमा जम्मा पारेको पानी छोपेर राख्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
नियन्त्रण
धारामा प्रर्याप्त मात्रामा पानी नआउँदा अहिले पनि नागरिक भाँडा पानी जम्मा पारेर राख्न बाध्य छन् ।
डेङ्गुुको नियन्त्रण भनेको खोज्ने र नष्ट गर्नेबाहेक अरू कुनै पनि विकल्प नभएको महाशाखाले जनाएको छ । घरघरमा भाडामा पानी राखेको छ भने सङ्क्रमण फैलिएको ठाउँमा पानी जम्मा गरेर नराख्न सरकारले नागरिकलाई आग्रह गरेको छ ।
घर वरिपरि खाल्डाखुल्डीमा पानी जमेको छ भने प्रत्येक हप्ता सफा गर्नुपर्ने, डेङ्गुुको विरुद्धमा कुनै पनि औषधि नभएको हुँदा समुदायका व्यक्तिले धेरै ध्यान दिनुपर्ने महाशाखाले जनाएको छ । अबको एक साताभित्रमा तराईको केही जिल्लामा फैलिएको डेङ्गुु नियन्त्रणमा ल्याउनका लागि तिनै तहको सरकार लागिपरेको जनाइएको छ
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












