सभापती देउवाको प्रश्नः विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री किन अनुपस्थित ?
काठमाडौँ । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताएका हुन् प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले, गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई बलियो नबनाउने दावी गरे ।
‘बोल्न पाउने, लेख्न पाउने कुरा प्रजातन्त्रमा महत्वपूर्ण हो । तर सरकारले त्यसमाथि नियन्त्रण गर्न खोजेर प्रजातन्त्र माथि नै आक्रमण गर्न खोजेको छ । यो कुनै हालतमा पास हुन दिदैनौँ,’ देउवाले भने, ‘सूचनाको हक कुष्ठित गरिएको छ । संविधानमै सूचनाको हकको व्यवस्था गरिएको छ । मानवअधिकार आयोगमाथि नियन्त्रण गर्नु प्रजातन्त्रमाथिको अर्को आक्रमण हो ।’
त्यस्तै उनले राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकको पनि विरोध गरे । उनले भने, ‘प्रधानमन्त्रीको सिफरिसमा सेना परिचालन गर्ने ? यो अविश्वास किन ? सेना परिचालन गर्ने स्थिति आयो भने सबैले सहयोग गर्छन् । सेना परिचालन गर्ने विषय व्यक्तिले होइन ।’
सभापति देउवाले रक्षा मन्त्रालय र गृहमन्त्रालयमाथि नै अविश्वास गरेर शक्ति प्रधानमन्त्रीमा निहित गर्न खोजेको आरेप लगाए । ‘किन चाहियो सेना प्रधानमन्त्तीलाई ? के गर्नुपर्याछ ? एउटा विप्लवलाई केही गर्न सक्या छैन गर्छ याहा ?’ सभापति देउवाको आक्रोश थियो ।
प्रजातन्त्रको महत्वपूर्ण अंग मानवअधिकार भएको भन्दै देउवाले निर्वाध बोल्न र लेख्ने स्वतन्त्रतामाथि बन्देज लगाउने यी विधेयक फिर्ता गर्न माग गरे । उनले सरकारले जवर्जस्ती गरेर अघि बढे सशक्त प्रतिरोध गर्ने भन्दै प्रजातन्त्र विरोधी विधेयकहरुलाई काँग्रेसले कुनै हालतमा नस्वीकार्ने बताए ।
देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताए । उनले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले भने “ प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् । ”
उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाए । उनले भने “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहा ठिक उल्टा । जवरस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ ? बल मिच्याई चल्दैन यो । हामी कुनै हालतमा मान्यवाला छैनौ ?’
कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफुहरुले बोल्नका लागि मात्रै समय मागरेको बताए ।
उनले भने “शेर बहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराईहाल्नुपर्ने । मैले त अरु पनि मागेको छु । ”
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












