प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डिआइजीलाई पठाइने
काठमाडाैं । प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई पठाइने भएको छ ।
नेपाल प्रहरीलाई प्रादेशिक संरचनामा लैजान भन्दै आज बसेको राज्य व्यवस्था सुशासन समितिले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डिआइजीलाई पठाउने सहमति गरेको समितिका सदस्य झपटबहादुर रावलले जनाए ।
नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने प्रस्ताव राखेका थिए । तर, आज बसेको समितिको बेठकले भने डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने निर्णय गरेको हो ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेर जाने प्रहरीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिन्ह लगाउने वा के गर्ने भन्नेबारे समेत छलफल भइरहेको रावलले जनाए । भने, प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रहरीको सेवा सुविधा, पोसाक, दर्ज्यानी चिन्ह संघीय ऐन मातहत रहेर बन्ने प्रदेस प्रहरी कानुन अनुसार हुनेछ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












