गणतन्त्रका उपलब्धिहरुको रक्षाका लागि प्रमुख चुनौती विप्लव, वार्तामा नआए नियन्त्रणः गृहमन्त्री बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक उपलब्धिहरुको रक्षाका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समूह चुनौतीको रुपमा रहेको बताएका छन्
आर्थिक वर्ष २०७५/०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्वलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताए ।
‘गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो। हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँ’, उनले भने, ‘अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिवेदनले पनि त्यही बोलेका छन्। पूर्ण शान्ति छ भन्नेमा हामी पनि सहमत छैनौ। तर हाम्रो मान्यता भनेको राजनीतिक स्थायित्व हुनुपर्छ।’
विभिन्न संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नका लागि विप्लव समूह चुनौती रहेको उनले बताए । उनले भने, “कानुनले, संविधानले विध्वंशात्मक गतिविधिलाई छुट दिन भन्दैन, नियन्त्रण नै गर्नुपर्छ भन्छ ।” कानुनी रुपमा सरकारले विप्लव समूहका गतिविधिलाई नियन्त्रण गरिरहेको उनले दाबी गरे । राजनीतिक विषयको हल वार्ताबाट गर्ने कुरामा सरकार सकारात्मक रहेको र वार्ताको आह्वान पनि गरेको उनले बताए । विप्लव समूहले औपचारिक रुपमा कुनै पनि प्रस्ताव वा माग नराखेको उनले बताए । पछिल्लो समय वार्ताको सम्भावना बढेको उनको भनाइ थियो ।
निर्मला पन्त हत्या प्रकरणको राजनीतिकरण भएको मन्त्री थापाले दोहोर्याए । “निर्मला प्रकरण नयाँ होइन । भोलि पनि यस्तो घटना हुन सक्छ । पूर्ण नियन्त्रण गर्न सकिँँदैन । अपराधी बचाउन खोजेको भनेर जसरी आरोप लगाइयो, त्यसमा हामीलाई दुःख छ । नागरिक समाज, मिडियाले सहयोग गर्नुपर्ने हो । मन्त्रालयले कसैलाई छुट दिँदैन” उनले भने । अपराध नियन्त्रणमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गर्दै उनले हिजोको सरकार पनि शतप्रतिशत सफल नभएको दाबी गरे ।
गृह सचिव प्रेमकुमार राईले विप्लव समूह मूलधारमा राजनीतिमा आएपछि देशमा पूर्ण शान्ति हुने बताए । सुन तस्करी सम्बन्धी प्रतिवेदन कार्यान्यवनको चरणमा रहेको र अदालदतबाट पनि कारबाही भइरहेको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












