प्रधानमन्त्री रोजगार कार्यक्रमका आलोचकलाई मन्त्री विष्टको जवाफः ‘मुटुभित्र देश राख्नू’
काठमाडाैँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देशभर पौने दुई लाखले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमअन्तर्गत देशभर गरी १ लाख ७५ हजार ९ सय ९ जनाले रोजगारी पाएको तथ्यांक प्रस्तुत गर्यो। मन्त्रालयका अनुसार ७ सय ५३ स्थानीय सरकारमध्ये ५ सय ९९ ले विभिन्न ६ हजार ८ सय ६४ योजनाअन्तर्गत रोजगारी सिर्जना गरेका थिए।
१७ लाख बढीले बरोजगार भएको आवेदन दिएकोमा एक लाख ७५ लाखलाई औषत १३ दिनको हिसावले रोजगारी दिएको तथ्यांक प्रस्तुत गरियो। चालु आर्थिक वर्षमा पाँचलाई रोजगारी दिने गरी तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रतिवद्धता रहेको छ।
‘मुटु भित्र देश राखेर तपाईंहरूले समाचार लेख्नु भएको छ, आगामी दिनमा पनि लेख्नुहुनेछ’ मन्त्री विष्टले भने। न मुटभित्र देश रहने हो र न राख्न सकिने हो यो एउटा विम्व मात्रै हो। यसमा पनि यो प्रतिवविम्व थियो।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भएको विषयलाई कोट्याएका थिए। ‘त्यसभन्दा पहिले उनले भने ‘परिवतर्न चाहने र नचाहने शक्तिबीच समाजमा अन्तरद्वन्द्व भइरहन्छ, अहिने पनि भएको छ।’
विष्टले झार गोडेको तस्बिर सार्वजनिक गरेर आलोचना गरिएको विषयलाई मन्त्रालयको तर्फबाट माफी नै मागे। ‘हामीले समयमै तस्बिर उपल्ध गराउन नपाउँदा तपाईंहरूले एउटा तस्बिर दोहोर्याइ दोहोर्याइ प्रयोग गर्नु पर्नेभयो, त्यसका लागि म क्षमाप्राथी छु।’ जबकि तस्बिर उपलब्ध गराउने मन्त्रालयले होइन, आफूलाई चाहिने तस्बिर पत्रकार स्वयमले लिने हो।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











