दुधको मुल्य प्रतिलिटरमा रु ६ ले वृद्धि
काठमाडौं । सरकारले दूधको मूल्यमा वृद्धि गरेको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनकारी दिएको छ ।
संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको भट्टराईले बताए ।
सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात रु १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात र ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन् ।
नयाँ मूल्य अनुसार उपभोत्ताले भने अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नुपर्ने छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
अबदेखि काठमाडौंमा बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।...












