एनआईसी एशियाले ल्यायो ‘सुपर चमत्कारीक तलव बचत खाता’
काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ ।
कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता संचालनमा ल्याएको छ । ‘सुपर चमत्कारीक तलव बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने छ । बैंकले ६.५० प्रतिशत ब्याजदरमा उक्त बचत खाता योजना ल्याएको हो । जसअन्तर्गत कम्तीमा पनि ५ जना कर्मचारी कार्यरत संस्था वा कम्पनीले यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।
शून्य मौज्दातमा नै खाता खोल्न सकिने यो योजनामा तलवको भने कुनै सिमा तोकिएको छैन । कर्मचारीलाई कारोबार अवधिभरको लागि निःशुल्क इन्टरनेट बैंकिङ्गको सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।
त्यसैगरी, मोबाईल बैकिङ्ग, डेबिट तथा क्रेडिट कार्डको सुविधामा पहिलो वर्ष निःशुल्क बनाएको छ । डीम्याट खाता पनि निःशुल्क खोल्न सकिने व्यवस्था बैंकले गरेको छ । त्यसैगरी यो योजनामा सी–आस्वा र लकरको सुविधा पनि लिन सकिन्छ ।
तलब खाता खोल्दा इन्स्योरेन्स सुविधा
एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारीक तलव बचत खाता’ खोल्ने आफ्ना ग्राहकलाई इन्स्योरेन्सको सुविधा पनि प्रदान गरेको छ । दुर्घटना बिमा अन्तर्गत ६० लाखसम्मको बिमा सेवा प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी, बैंकले यो योजना अन्तर्गत गम्भिर प्रकारको विरामी भएमा २० लाख सम्मको बिमा सेवा दिने योजनामा उल्लेख गरेको छ ।
बैंकले मेडिकल बिमा तर्फ १ लाख ५० हजारको बिमा सेवा प्रदान गर्ने योजना अगाडी सारेको छ ।
अन्य विशेषता
बैंकले यस योजनाअन्तर्गत नेपालभरीको कुनै पनि बैंकको एटीएमबाट रकम निकाल्दा रकम नलाग्ने पनि जनाएको छ । त्यसैगरी निःशुल्क चेक क्लियरेन्सको सेवा पनि दिएको छ ।
बैंकले कर्जाको सुविधा पनि पनि दिएको छ । जसमा व्यक्तिगत कर्जा, ओभर ड्राफ्ट, घर कर्जा, सवारी कर्जा, वित्तिय सुविधा तथा शिक्षा कर्जा दिने बैंकले जनाएको छ । बैंकले यस योजना अन्तर्गत फिक्स्ड डिपोजिट सरहको उच्च व्याजदर प्रदान गरिने जनाएको छ । जसमा सुपर चमत्कारीक
बैंकले ‘सोच बदलौं पुरै परिवारको लागि १ करोड ३० लाख भन्दा बढिको बिमा सुविधाको फाईदा उठाऔं’ भन्ने नारा सहित अन्य विभिन्न चमत्कारिक बचत खाता योजना पनि सार्वजनिक गरेको छ ।
एनआईसी एशिया बैंकले यी बाहेक आफ्ना ग्राहकको लागि अन्य आकर्षक सुविधाहरु पनि प्रदान गर्दै आईरहेको छ ।
भाईबर बैंकिङ्ग
आजभोली हरेक नागरिकको हात हातमा स्मार्ट फोन हुन्छ । फोनमार्फत नै ग्राहकले भाइबर एपबाट खाताको बारे जानकारी लिन सक्नेछन् ।
‘डिजिटल बैंकिङ्ग’ क्षेत्रमा नयाँ आयाम थप्दै बैंकले भाईबर बैंकिङ्ग मार्फत खाताको मौज्दात जाँच गर्न, विनिमय दर, ब्याजदर, खाताको कारोबारको विवरण लगायत अन्य विवरणको जानकारी लिन सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले आफ्नो खाताको अवस्थाबारे जानकारी लिन सक्नेछन् । साथै बैंकले प्रदान गर्ने अन्य सेवाहरुबारे पनि भाइबर बैंकिङ्गबाट जानकारी लिन सकिन्छ । एनआईसी भाईबर बैकिङ्गद्वारा बैंकबाट प्रेषित गरिएका सूचनाहरु, बैंकिङ्ग समय बारेको जानकारी, बैंकका शाखा, एटिएमका बारे जानकारी, बैंकका सेवा तथा प्रबर्धन लगायतका सम्पुर्ण जानकारी प्राप्त गर्न सकिन्छ ।
मिस्डकल सेवा
एनआईसी एसिया बैंकले गत साउन १ गतेबाट मिस्ड कल बैंकिङ्ग सेवा पनि संचालनमा ल्याएको छ । ग्राहकहरुले ब्यालेन्स वारे जानकारी, स्टेटमेन्ट बारे जानकारी लगायतका सेवाहरु मिस्ड कल गरेर प्राप्त गर्न सक्नेछन् ।
बैंकले तोकेको नम्बरमा मिस्डकल गरि यी सेवाहरु लिन सकिन्छ । ब्यालेन्सवारे जानकारी लिन ९८०१२२७७३३ मा मिस्डकल गर्नुपर्नेछ । मिस्डकल गरेपछि बैंकले एसएमएस मार्फत ब्यालेन्स बारे जानकारी दिने छ ।
मिनी स्टेटमेन्टको जानकारी लिन ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने छ । कलब्याक सेवाको लागि ९८०१२२७७५५ मा मिस्ड कल गरे बैंकका सम्बन्धित कर्मचारीले फोन गरेर ग्राहकले बुझ्न चाहेको कुराको जानकारी दिनेछन् ।
यी बाहेक बैंकले क्यूआर कोडमार्फत बिल भुक्तानी गर्न सकिने सेवा पनि प्रदान गर्दै आईरहेको छ ।
‘बैकपनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको उक्त बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा २५ वटा चमत्कारीक विशेषताहरु सहितको बिभिन्न १५ नयाँ बचत निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












