नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान
चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गर्नुभएको थियो ।
हाल ती पुलहरु छ मिटर हाराहारी फराकिला छन् । सडक भने नौदेखि ११ मिटर फराकिलोे छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईका अनुसार एक साताअघि डिजाइनसहित निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । एक महीनाभित्रमा प्राप्त बोलपत्रमध्ये छनोट गरी ठेक्काको टुङ्गो लगाइनेछ । ती पुल निर्माण सम्पन्न गर्न करीब तीन वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिए ।
बोलपत्रको टुङ्गो लागेपछि वास्तविक लागत आउने भए पनि रु एक अर्ब ३० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । शुरुमा नेपाल सरकारले पुल निर्माणको भुक्तानी गर्नेछ । पछि सो रकम ऋणका रूपमा विश्व बैंकले उपलब्ध गराउने उहाँले जानकारी दिए । निर्माण गर्न अप्ठ्यारो पर्ने तीन पुल नौ मिटर फराकिला हुनेछन् भने अन्य पुल ११ मिटर फराकिला हुने भट्टराईले बताए ।
ठेक्का परेपछि ठेकेदार कम्पनीले पहिले पुलको नक्साङ्कन गर्नेछन् । सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम शुरु हुनेछ । हाल सोही सडकखण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ । साँघुरा र जीर्ण पुल भएकाले समय–समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ ।
सडकको भित्ता काटेर फराकिलो बनाएसँगै यस वर्षको वर्षात्मा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवागमन हुने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकका रूपमा यस सडकलाई लिने गरिएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












