भारतले सार्वजनिक गरेको नक्सा सच्याइनुपर्छः प्रचण्ड
नाकाबन्दीको कडा विरोध गरेका प्रम ओली भारतले सीमा मिच्दा माैन किन ?
काठमाडाैं । नेपाल भारत सीमा विवाद भएको लामो समय भएपनि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी लगायतका क्षेत्रहरु भारतको नक्सामा पारेपछि आम रुपमा नागरिक आक्रोसित बनेका छन् ।
सर्वसाधारण जनताले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध सुरु गरेपनि नेपाल सरकारले यसबारे आधिकारीक रुपमा धारण सार्वजनिक गर्न सकेको छैन् ।
भारतीय हस्तक्षेपकाविरुद्ध डटेर लड्न नागरिकहरु तयार भएको भन्दै विभिन्न माध्यमबाट आक्रोस व्यक्त गरिरहँदा भने नेपाल कम्युनिष्ट पार्टी (नेकफा)का अध्यक्ष प्रचण्डले दाङमा आयोजित एक कार्यक्रममा भारतले गरेको निर्णय सच्याउन पहल गर्ने जनाएका छन् ।
सरकारले भने आधिकारीक धारण सार्वजनिक नगर्दा नाकाबन्दीको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको राष्ट्रवादको कुरा समेत झिक्न थालिएको छ ।
प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीकोबारेमा खुलेर विरोध मात्रै गरेनन् । नाकाबन्दी अन्त्य नगरेसम्म भारत भ्रमणसमेत नगर्ने भनेर सार्वजनिक रुपमै बोलेपछि नेकपालाई निर्वाचनमा सहज जीत निकाल्न सजिलो भएको थियो ।
नेपाली कांग्रेसले भारतीय नाकाबन्दीकोबारेमा बोल्न नसक्दा ठूलो हार बेहोरेको निष्कर्ष निकालेपनि सीमा मिचिँदा समेत कांग्रेसको आधिकरीक धारण सार्वजनिक हुन सकेको छैन् ।
तर, नेकपाका अध्यक्ष प्रचण्डले भने भारतले सार्वजनिक गरेको सीमाना अमान्य रहेको भन्दै सच्याइनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । तर, राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री ओलीले यसबारे नबोल्दा नागरिक स्तरमा भने आक्रोस बढ्दै गएको छ ।
भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको हो । करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












