साग उद्घाटन मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने
काठमाडाैं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३ औं उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पारस खड्काको नाम सिफारिस भएको छ ।
सागको प्राविधिक उपसमितिले मंसिर १५ गते हुने उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा बिशेष समारोहकाबीच काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सोहि उद्घाटन समारोहमा सागमा सहभागी देशहरुको मार्चपास हुनेछ । भने, उक्त मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पारसले बोक्न उपसमितिले सिफारिस गरेको हो ।
साग खेलकुद प्रतियोगितामा सहभागी जनाउन भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाबाट झण्डै पाँच हजारको संख्यामा खेलाडी, प्रशिक्षक र कर्मचारी नेपाल आउनेक्रम सुरु भइसकेको छ ।
उद्घाटन समारोहमा नेपालको एतिहास, वर्तमान र भविष्य जनाउने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । भने, उक्त समारोहमा १५ हजार बढी दर्शकको सहभागीता हुने जनाइएको छ ।
सागक सुरक्षा व्यवस्था चुस्त बनाउन २० हजार सुरक्षाकर्मी परिचालन हुनेछन भने ५ सय स्वयंसेवीलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












