१३औं सागः नेपालले दियो भुटानलाई २३७ रनको लक्ष्य
काठमाण्डौं । नेपालले टी२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ ।
कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपाल उच्च स्कोर बनाउन सफल भएको हो नेपालमा आयोजित १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो । यसअघि नेपालीको टी२० अन्तर्राष्टिङय क्रिकेटमा उच्च स्कोर मलेशियाविरुद्ध गएको जुलार्यमा बनाएको १७३ रन रहेको छ ।
बिहिबार कप्तान मल्लले बलमा ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो । यसअघि पारस खड्काले सिङ्गापुर विरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो । खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका तर थिएनन् । तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरेका छन् ।
मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए यो खेड्काको टी २० अन्तर्राष्ट्रिय क्रिकेट चौथौ अर्धशतक हो । खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












